• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    राजनीति

    जुम्लाको स्याउ बाँडेर सुरु भयो रास्वपाको केन्द्रीय समिति बैठक

    180
    SHARES



    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक आज पार्टी केन्द्रीय कार्यालयमा सुरु भएको छ। बैठकको सुरुवात जुम्लाबाट ल्याइएको स्याउ वितरण गरेर गरिएको हो।

    पार्टी सभापति रवि लामिछानेको अध्यक्षतामा बसेको बैठकमा संगठन विस्तार, आगामी स्थानीय तह निर्वाचनको तयारी तथा पार्टीभित्र हुने विभिन्न मनोनयनका विषयमा छलफल हुने बताइएको छ।

    रास्वपाका प्रवक्ता जगदीश खरेलका अनुसार बैठकमा आगामी स्थानीय निर्वाचनका लागि केन्द्रीय उम्मेदवार छनोट समिति गठन तथा सदस्य मनोनयनबारे छलफल हुनेछ। विभिन्न विभागका प्रमुख र उपप्रमुख नियुक्तिका विषयमा पनि आवश्यक निर्णय गरिने उनले जानकारी दिएका छन्।

    बैठकमा केन्द्रीय समिति तथा प्रतिनिधिसभा सदस्यहरूको नेतृत्वमा सञ्चालन गर्ने तयारी गरिएको ‘हामी आउँदै छौँ’ अभियानका विषयमा समेत छलफल हुने भएको छ। अभियानमार्फत पार्टीको संगठनात्मक गतिविधिलाई थप विस्तार गर्ने विषयमा बैठक केन्द्रित रहने जनाइएको छ।

    यसैगरी मधेस प्रदेश संगठनको अडिट प्रतिवेदन बैठकमा प्रस्तुत गरी त्यसबारे समीक्षा गरिनेछ। प्रतिवेदनमाथि छलफलपछि आवश्यक निर्णय लिइने प्रवक्ता खरेलले बताएका छन्।

    रास्वपाले आगामी राजनीतिक तथा संगठनात्मक गतिविधिका लागि आवश्यक रणनीति तय गर्ने उद्देश्यले बैठक बोलाएको हो।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +


    प्रतिक्रिया

    आजको ट्रेन्डिङ