• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    आज ४ प्रदेशमा वर्षा र हिमपातको सम्भावना, तराईमा हुस्सु लाग्ने

    249
    SHARES



    काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा सामान्यतया बदली रहनेछ। ती प्रदेशका केही स्थानमा मध्यम वर्षा र हिमपात हुन सक्ने अनुमान गरिएको छ।

    कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहनेछ। देशका तराई क्षेत्रमा पनि आंशिक बदली हुने महाशाखाले जनाएको छ।

    महाशाखाका अनुसार कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ। यस्तै, मधेश प्रदेशसहित कोशी र बागमती प्रदेशका तराई क्षेत्रका केही स्थानमा मध्यमसम्म वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।

    रातिको मौसम

    आज राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा सामान्यतया बदली रहनेछ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागमा भने आंशिक बदली हुने सम्भावना छ। तराईका क्षेत्रमा पनि आंशिक बदली रहनेछ।

    राति कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा तराई क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।

    यसैबीच, तराईका विभिन्न स्थानमा बिहानपख हुस्सु लाग्न सक्ने पूर्वानुमान गरिएको छ। त्यसैले बिहानको समयमा यात्रा गर्नेहरूले आवश्यक सतर्कता अपनाउनुपर्नेछ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +


    प्रतिक्रिया

    आजको ट्रेन्डिङ