• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    मुख्य समाचार विजनेश

    व्यापारी अजय सुमार्गीमाथि विद्रोही नेकपाको एक्शन, पोखरामा जग्गा कब्जा, कारण बिज्ञप्तिमा हेर्नुहोस्

    10.3K
    SHARES

    काठमाडौं । भ्रष्ट्राचारी, दलाल र भूमाफियाहरुमाथि आक्रामक बनेको विद्रोही नेपाल कम्युनिष्ट पार्टीले जलसाझी गरेर अर्कैको जग्गा आफ्नो नाममा गरेको भन्दै ब्यापारी अजयराज सुमार्गीमाथि एक्शन गरेको छ ।

    पीडित परिवारले न्यायको लागि जनपरिषद् कास्कीमा उजुरी गरेपछि विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले व्यापारी सुमार्गीको जग्गा कब्जा गरेको घोषणा गरेको छ । शनिबार पोखरा महानगरपालिका शिशुवामा रहेको सुमार्गीको नामको २५ रोपनी जग्गा नेकपाले कब्जा गरेको विज्ञप्तिमार्फत जनाएको छ ।

    सुमार्गीको स्वामित्वमा रहेको मुक्ति श्री प्रा.लि ले सोवाचन्द्र सिग्देल, रामचन्द्र सिग्देल र हरिचन्द्र सिग्देलको नाममा रहेको कास्की शीशुवा हाल पोखरा महानगरपालिकामा पर्ने किता नं.२९०६,५७०३,२९१०,५६९८,५७००,७६११,२१६५ ,२१६९,५६०२,५७१४, ७१६,२१६७,२१७१,२१७५,२६३ ५,२८९६,२८९९ रहेको कुल २५ रोपनी क्षेत्रफल भएको जग्गा थाहा नदिई आफ्नो नाममा गरेको भन्दै नेकपा कस्कीले कब्जामा पार्टीको झण्डा गाँडेर कब्जाको घोषणा गरेको छ ।

    जग्गा पोखरा महानगरपालिका वडा नं. १२ निवासी बद्री प्रसाद आचार्यसँगको मिलिमतोमा २०७१ असोज २६ मा सिग्देल परिवारलाई नै थाहा नदिई अजयराज सुमार्गीले आफ्नो नाममा गरेको नेकपाले दाबी गरेको छ ।

    सुमार्गीले परिवारको सम्पर्कमा नआई मुक्तिश्री प्रालिले विनाजानकारी २०७५ को धानबालीमा डोजर चलाई तारवार लगाउँदा जग्गा विवादित बनेको थियो । पीडित परिवारले न्यायको लागि जनपरिषद् कास्कीमा गरेको निवेदन र आबश्यक छानविनका आधारमा पिडित पक्षलाई न्याय दिनका लागि नेकपा कास्कीले कब्जा गरेको जनाएको छ ।

    कब्जा घोषणा गरिएको जग्गा किनबेच, भोगचलन तथा बैङ्किङ कारोवार नगर्न नगराउन तथा सबै प्रकारका दलालहरुबाट सचेत रहनका लागि साथै नापी, मालपोत जनसाधारण, ब्यवसायी, लखापढी ब्यवसायी सबैलाई सो जग्गामा कुनैपनि प्रयोजनमा सहभागि नहु्न नेकपा कास्कीले सबैमा अनुरोध समेत गरेको छ ।

    यसअधि नेकपाले पोखराको मुटु मानिने न्यूरोडमा रहेको एक बिबादित जग्गामा डोजर चलाएर सो जग्गा किनबेच गर्नमा रोक लगाएको थियो । न्यूरोडस्थित कैशाल विकास बैंकको सामुन्ने रहेको आफ्नो ९ रोपनी ३ आना जग्गालाई जालसाजी गरेर खोप्लाङ्गे साहु भनिने बिष्णुप्रसाद श्रेष्ठले हडपेको भन्दै कृष्ण थापाले नेकपाको जनपरिषद्‍मा उजुरी दिएका थिए।

    सुमार्गी अबैध कालोधनका कारण पटकपटक विवादमा तानिदै आएका व्यक्ति हुन् । उनलाई सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका दोस्रो वरियताका अध्यक्ष प्रचण्डले संरक्षण गर्दै आएका छन् ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ