• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    कभर स्टोरी मुख्य समाचार

    जनयुद्ध दिवसको अवसरमा विप्लवले दिए यस्तो सन्देश, डेढ वर्षपछि मिडियालाई अन्तर्वार्ता (भिडियोसहित)

    15.3K
    SHARES

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले २४ औँ जनयुद्ध दिवसको अवसरमा सबैलाई शुभकामना दिएका छन् । बुधबार बिहानै एक विज्ञप्ति सार्वजनिक गर्दै महासचिव विप्लवले शहिद परिवार, बेपत्ता योद्धा परिवार, घाइते, पार्टीका नेता, कार्यकर्ता र सम्पूर्ण नेपाली जनतालाई शुभकामना तथा बधाई दिएका छन् ।

    विज्ञप्तिमा महासचिव विप्लवले भनेका छन्, ‘महान् जनयुद्धको २४ औँ वार्षिकोत्सवका सुअवसरमा सम्पूर्ण जनता, आदरणीय सहिद परिवार, जनक्रान्तिका बेपत्ता योद्धा परिवार, घाइते योद्धाहरू, पार्टीका नेता र कार्यकर्ताहरूमा गौरवपूर्ण एवम् भावपूर्ण शुभकामना व्यक्त गर्दछौँ ।’

    उनले साम्यवादी विचार नै जनयुद्धको विचार थियो भन्ने उल्लेख गर्दै भनेका छन्, ‘महान् साम्यवादी उत्कृष्ठ एवम् अजम्मरी विचार महान् जनयुद्ध र जनयुद्धका सहिद, बेपत्ता र घाइते योद्धा, जनयुद्धमा विभिन्न प्रक्रियामा सहभागी जनताको त्याग त्यही आदर्श र सपनासँग जोडिएको छ । जनयुद्धको सपना र आदर्शलाई एकीकृत जनक्रान्तिले पूरा गर्नेछ ।’

    उनले वक्तव्यमा सबैलाई एकीकृत जनक्रान्तिमा हातेमालो गर्न पनि अपिल गरेका छन् । उनले भनेका छन्, ‘तसर्थ महान् सहिद, बेपत्ता योद्धा परिवार र सम्पूर्ण घाइते योद्धा, जनमुक्ति सेना, जनता, सच्चा लोकतन्त्रवादी, गणतन्त्रवादी, बुद्धिजीवी, राष्ट्रिय पुँजीपतिवर्ग, देशभक्त शक्तिहरू कहिल्यै नटुट्ने हातेमालो गर्दै वैज्ञानिक समाजवाद, साम्यवादतिर अघि बढौँ भन्ने अपिल जनयुद्ध दिवसका अवसरमा गर्दछौँ ।’

    वक्तव्यको अन्त्यमा विप्लवले ‘नेपाली क्रान्तिकारीहरूको भविष्य उज्ज्वल छ । क्रान्ति अवश्यम्भाबी बन्दै गएको छ’ भनेका छन् ।

    यही सन्दर्भमा विप्लवले लामो समयपछि पार्टीको मुखपत्र रातो खबर अनलाइन टेलिभिजनलाई अन्तर्वार्ता दिएर आफ्नो पार्टीका नीति, कार्यक्रम र योजना सार्वजनिक गरेका छन् । उनले जनयुद्ध दिवसका साथै फागुन १४ गतेदेखि २१ गतेसम्म सहिद सप्ताह पनि आफ्नो पार्टीले विभिन्न कार्यक्रम गरी मनाउने बताएका छन् ।

    नेकपाले सबै क्षेत्रमा जनयुद्ध दिवस र सहिद सप्ताह मनाउन निर्देशन दिएको बताइएको छ । अहिले नेकपा देशव्यापी रूपमा सङ्गठन सुदृढ तथा विस्तार अभियानमा रहेको छ । उनीहरूले चलाएको अभियानमा देशव्यापी रूपमा जनता सङ्गठित भैरहेका समाचार प्राप्त भएका छन् । काठमाडौंलगायत मुख्य सहर, जिल्ला र गाउँगाउँसम्म बुधबार जनयुद्ध दिवस सभा र जुलुस गरेर मनाइने नेकपाले जनाएको छ ।

    २०५२ साल फागुन १ गते सुरु भएको जनयुद्धको स्मरण गरी नेपालमा विभिन्न कार्यक्रम गर्दै नेपाल कम्युनिस्टले देशैभरि बुधबार उत्सवका रूपमा मनाउँदैछ । नेपाल कम्युनिस्ट पार्टीले २०७१ मङ्सिर ८ गते पुनर्गठन गरेदेखि जनयुद्ध दिवस विभिन्न कार्यक्रम गरेर उत्सवका रूपमा मनाउँदै आएको छ ।

    शुभकामना
    महान् जनयुद्धको २३ औं वार्षिकोत्सवका सुअवसरमा सम्पूर्ण जनता, आदरणी शहीद परिवार, जनक्रान्तिका बेपत्ता योद्धा परिवार, घाइते योद्धाहरु, पार्टीका नेता र कार्यकताहरुमा गौरवपूर्ण एवं भावपूर्ण शुभ कामना व्यक्त गर्दछौं । महान् साम्यवादी उत्कृष्ठ एवं अजम्बरी विचार महान् जनयुद्ध र जनयुद्धका शहीद, बेपत्ता र घाइते योद्धा, जनयुद्धमा विभिन्न प्रक्रियामा सहभागि जनताको त्याग त्यही आदर्श र सपनासँग जोडिएको छ । जनयुद्धको सपना र आदर्शलाई एकीकृत जनक्रान्तिले पूरा गर्ने छ ।

    तसर्थ महान् शहीद, बेपत्ता योद्धा परिवार र सम्पूर्ण घाइते योद्धा, जनमुक्ति सेना, जनता, सच्चा लोकतन्त्रवादी, गणतन्त्रवादी, बुद्धिजीवी, राष्ट्रिय पुँजीपति वर्ग, देशभक्त शक्तिहरु कहिल्यै नटुट्ने हातेमालो गर्दै वैज्ञानक समाजवाद, साम्यवादतिर अघि बढौं भन्ने अपील जनयुद्ध दिवसका अवसरमा गर्दछौं । नेपाली क्रान्तिकारीहरुको भविष्य उज्वल छ । क्रान्ति अवसम्भावी बन्दै गएको छ ।
    क्रान्तिकारी अभिवादन सहित

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ