• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    अन्तराष्ट्रिय समाचार

    डोनाल्ड ट्रम्पको धम्की : इरान ध्वस्त हुनसक्छ र त्यो सम्भव छ

    257
    SHARES



    काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले होर्मुज स्ट्रेट खोल्ने विषयमा गरेको प्रस्ताव आफूहरूका लागि पर्याप्त नभएको बताएका छन् ।

    टाइम म्यागजिनलाई दिएको विस्तृत अन्तर्वार्तामा ट्रम्पले इरानसँग जारी युद्ध, वार्ताको सम्भावना र होर्मुज स्ट्रेटको अवस्थाबारे धारणा राखेका हुन् । केही दिनअघि लिइएको उक्त अन्तर्वार्ता बिहीबार प्रकाशित भएको हो ।

    ट्रम्पका अनुसार इरानको अवस्था निकै खराब छ । अर्थतन्त्र कमजोर भइरहेको र इरान सम्झौता गर्न चाहिरहेको दाबी गर्दै उनले आफूले भने ‘वास्तविक सम्झौता’ चाहेको बताए ।

    उनले मध्यावधि निर्वाचनपछि इरानमाथि पुन: आक्रमण हुनसक्ने धम्की दिएका छन् । ‘मैले एक वर्षअघि अस्वीकार गरेको विषयमा अहिले सहमत हुनेछैन । इरान ध्वस्त हुनसक्छ र त्यो सम्भव छ,’ ट्रम्पले भने ।

    होर्मुज स्ट्रेट खोल्ने विषयमा इरानले प्रस्ताव गरेको बताउँदै उनले त्यसका केही पक्ष आफूले हेरेको तर सबै नहेरेको बताए । ‘यो प्रस्ताव पर्याप्त छैन,’ उनले भने ।

    ट्रम्पले अमेरिकासँग ठूलो मात्रामा हतियार रहेको र अहिले ठूलो परिमाणमा हतियार भण्डारण गरिरहेको बताए । ती हतियार आफ्ना सहयोगी देशलाई वितरण गरिने उनको भनाइ छ ।

    अमेरिकी सेनासँग गोलाबारुदको अभाव रहेको भन्ने समाचारहरू अधिकांश ‘झुटा समाचार’ भएको पनि उनले दाबी गरे । उनले अमेरिकाले इरानका लागि होर्मुज स्ट्रेट बन्द गरेको र त्यस क्षेत्रमाथि अमेरिकाको नियन्त्रण रहेको दाबी गरे ।

    ट्रम्पले इरानलाई आणविक हतियार राख्न अनुमति दिन नसकिने बताए । उनका अनुसार इरानले आणविक हतियार प्राप्त गर्न नहुने र त्यसलाई रोक्नुपर्नेछ । इरानसँग सम्झौता भएपछि तेलको मूल्य यसअघि जस्तै घट्ने पनि ट्रम्पले बताएका छन् ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +


    प्रतिक्रिया

    आजको ट्रेन्डिङ