• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

News Portal

  • आज :

Banner News

कोशी प्रदेशमा कृष्ण प्रसाद सिटौला विजयी

4K
SHARES



विराटनगर । कोशी प्रदेशबाट राष्ट्रियसभा सदस्यमा कृष्ण प्रसाद सिटौला विजयी भएका छन् ।

बिहीबार सम्पन्न निर्वाचनको मतपरिणामअनुसार उनले राप्रपाका उम्मेदवार उद्धव पौडेललाई पराजित गर्दै राष्ट्रियसभामा सिट सुरक्षित गरेका हुन् ।

सिटौलाले प्रदेशतर्फ ४५ सांसदको मत पाउँदा उद्धवले ४७ सांसदको मत प्रप्त गरे । यस्तै उम्मेदवारी निष्क्रिय बनाएपनि एमालेका पर्शुराम अधिकारीले पनि प्रदेशतर्फ १ मत पाए ।

यसैगरी स्थानीय तहतर्फ सिटौला १ सय ५३ जनाको मत पाउँदा उद्धवले १ सय ९ जनाको मात्रै मत पाए । यस्तै एमालेका पर्शुरामले ५ जनाको मत पाए ।

जसअनुसार विजयी सिटौलाले कुल ५ हजार २ सय ९२ मतभार प्राप्त गरे भने पौडेलले ४ हजार ५ सय ६२ मतभार प्राप्त गरे । यस्तै अधिकारीले १ सय ४८ मतभार प्राप्त गरे ।

  
सञ्चारकेन्द्र
[email protected]

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +
प्रतिक्रिया

आजको ट्रेन्डिङ