• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    Banner News

    निर्देशनको बेवास्ता गरेको भन्दै खेलकुद मन्त्रालयद्वारा राखेपलाई दोस्रो पत्र

    709
    SHARES



    काठमाडौँ । युवा तथा खेलकुद मन्त्रालयले आफ्नो निर्देशनलाई बेवास्ता गरेको भन्दै राष्ट्रिय खेलकुद परिषद् (राखेप) लाई अर्को पत्र पठाएको छ ।

    मन्त्रालयले सोमबार राखेपलाई दोस्रो पत्र पठाउँदै तत्काल अखिल नेपाल फुटबल संघ (एन्फा) लाई आवश्यक कारवाही गरी त्यसको जानकारी मन्त्रालयमा पठाउन निर्देशन दिएको छ ।

    यसअघि एन्फालाई आवश्यक कारवाही गरी तत्काल त्यसको जानकारी आफूलाई पठाउन फागुन ३० गते मन्त्रालयले राखेपलाई पत्र पठाएको थियो । राखेपले त्यसको जवाफ नठाएपछि मन्त्रालयले सोमबार राखेपको नाममा अर्को पत्र काटेको हो ।

    ‘बहराइनमा आयोजना हुने फिफा वल्र्ड कप क्वालिफायरमा सहभागिताका लागि एन्फाले परिषद्को स्वीकृति नलिएको भन्ने देखिएकाले सो सम्बन्धमा कानुन बमोजिम आवश्यक कारवाही गरी यस मन्त्रालयलाई जानकारी गराउनु भनी लेखि पठाएकोमा हालसम्म कुनै जानकारी प्राप्त नभएकोले सो सम्बन्धमा भएको कारबाहीको जानकारी यस मन्त्रालयलाई अविलम्ब गराउनु हुन आदेशानुसार अनुरोध छ,’ मन्त्रालयका शाखा अधिकृत दलबहादुर बस्नेतको हस्ताक्षरमा पठाइएको पत्रमा भनिएको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ