• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    Banner News

    होलीलाई मर्यादित र शान्तिपूर्ण बनाउन विशेष सुरक्षा योजना, देशभर २९ हजारभन्दा बढी प्रहरी परिचालन

    5.8K
    SHARES



    काठमाण्डौ। नेपाल प्रहरीले फागु अर्थात् होली पर्वलाई मर्यादित, सुरक्षित र शान्तिपूर्ण बनाउन पर्सिसम्मका लागि विशेष सुरक्षा योजना लागू गरेको छ । यसका लागि देशभर २९ हजार ३ सय ३३ जना प्रहरी परिचालन गरिएको नेपाल प्रहरीले जनाएको छ ।

    नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक भीमप्रसाद ढकालले यसवर्षको होली शान्ति र सौहार्द्धपूर्ण रहोस् भन्ने उद्देश्यसहित आजदेखि पर्सि १३ गते मङ्गलवारसम्मका लागि विशेष सुरक्षा योजना कार्यान्वयनमा ल्याएको जानकारी दिए ।

    काठमाण्डौ, ललितपुर र भक्तपुरमा होली सुरक्षित र मर्यादित बनाउन जिल्लाका ठाउँ ठाउँमा नेपाल प्रहरी र ट्राफिक प्रहरी खटाइएको छ ।

    होली पर्व मनाउने क्रममा हुने दुर्घटना कम गर्नका लागि उपत्यका प्रवेश गर्ने सबै नाकाहरु र अन्य ९० ठाउँमा बिहान ७ बजेदेखि नै जाँचको व्यवस्था मिलाइएको छ । जाँचमा एक हजार जना ट्राफिक प्रहरी खटिएका छन् । यस्तै, ३० वटा मोबाइल भ्यान परिचालन छन् ।

    प्रहरीले ढुक्कसँग मर्यादित भएर होली मनाउन पनि आग्रह गरेको छ । अनुमति विपरीत रङ दल्ने, लोला हान्ने, अनावश्यक हो-हल्ला गर्ने, झै–झगडा गर्नेलगायतका उच्छृङ्खल गतिविधि गर्नेहरुलाई समेत कारबाहीको दायरामा ल्याउने प्रहरीले जनाएको छ ।

    काठमाण्डौ उपत्यकासहित पहाडी र हिमाली क्षेत्रमा आज र तराईमा भोलि होली पर्व मनाइँदैछ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ