• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    Banner News

    राष्ट्रिय सभा निर्वाचनको टिकट वितरण न्यायोचित भएन- शेखर कोइराला

    1.6K
    SHARES



    काठमाडौँ । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले राष्ट्रिय सभा निर्वाचनको टिकट वितरण न्यायोचित नभएको बताएका छन् ।

    सोमबार साँझ सामाजिक सञ्जालमा लेख्दै नेता कोइरालाले सीमित सिटका कारण निष्ठावान्, निःस्वार्थ, योग्य र सक्षम आकांक्षी नेताहरूलाई न्याय गर्न चाहेर पनि सम्भव नभएको बताएका हुन् ।

    उनले लेखेका छन्,‘तर, पनि पार्टीमा अवसरको समान वितरण र सबै पक्षको हित स्थापित होस् भन्नेमा हामी निकै चनाखो थियौँ । यति हुँदाहुँदै हामी कति सफल या असफल भयौँ, पार्टीको वर्तमान ढाँचा, सोच र निर्णय प्रक्रियालाई प्रभावित गर्ने शक्ति के कस्ता छन् भनेर साथीहरूले मनन गर्नुभएको र गर्नुहुने छ भन्ने विश्वास लिएको छु ।’

    नेता कोइरालाले टिकट वितरणमा आफूले कुनै गल्ती-कमजोरी गरेको भए त्यसलाई स्विकार्दै अगाडि बढ्ने पनि भनेका छन् ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ