• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    Banner News

    गण्डकीमा पनि गठबन्धनका उम्मेदवारले गराए मनोनयन दर्ता

    1.3K
    SHARES



    काठमाडौँ । राष्ट्रिय सभाका लागि गण्डकीमा हुने ३ सिटमा गठबन्धनका तर्फबाट उम्मेदवारी दर्ता भएको छ । गण्डकीमा माओवादीले १ र कांग्रेसले २ सिट पाएको छ ।

    नेकपा माओवादीबाट महिलातर्फ पर्वतकी मनरूपा शर्मा सुवेदी, कांग्रेसबाट अपांगताबाट तनहुँका पदम परियार र अन्यबाट गोरखाका किरणबाबु श्रेष्ठले उम्मेदवारी दर्ता गराएका हुन् ।

    गण्डकीमा सत्ता गठबन्धनका उम्मेदवारको पक्षमा बढी मतभार हुँदा जितनजिक छन् । सत्ता गठबन्धन दलबाट गण्डकीमा कांग्रेस, माओवादी, एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाको गण्डकीमा उपस्थिति छ ।

    यसरी मिलेर राष्ट्रिय सभाको चुनावमा मतदान हुँदा नेपाली कांग्रेसको २ हजार ७०४, नेकपा माओवादीको ९९४, एकीकृत समाजवादीको ७२ र राष्ट्रिय जनमोर्चाको ५७ गरी ३ हजार ८२७ मतभार गठबन्धनको पक्षमा देखिन्छ ।

    एमालेको २ हजार ४३९ मतभार छ भने राप्रपाको १०६ जोड्दा उनीहरुको पक्षमा २ हजार ५४५ मतभार छ । तर राप्रपाले दुई सिटमा आफ्नै उम्मेदवार उठाएको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ