काठमाडौं ।
नेपाल कम्युनिस्ट पार्टीले निर्मला हत्या र कञ्चनपुर गोलीकाण्डबारे मुख खोलेको छ । शुक्रबार प्रहरीको गोलीले एक बालकको ज्यान लिएपछि शनिबार बिहानै नेकपा महासचिव विप्लवले एक विज्ञप्ति जारी गर्दै जनतामाथि भइरहेको सरकारी दमन र अन्यायको बिरोध गरेका छन् ।
साथै प्रहरीको गोलीद्वारा मारिएका शनी खुनालाई शहीद घोषणा गर्न र घाइतेहरुको निशुल्क उपचार गर्न समेत उनले सरकासँग माग गरेका छन्।
कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तका हत्यारालाई कार्वाही गर्नुको सटटा हत्याको विरुद्ध उत्रिएका जनतामाथि हत्या र दमन गरिएको भन्दै उक्त महासचिव विप्लवले सरकारका विरुद्ध उत्रन आह्वान गरेका छन् । साथै विज्ञप्तिमा महिला हत्या र बलात्कारका विरुद्ध जनताद्वारा गरिएका आन्दोलनमा गोली चलाउने, दमन गर्ने, यस्तो कार्य गर्न निर्देशन दिने सरकारी पक्षलाई कार्वाही गर्न पनि माग गरिएको छ ।
महासचिव विप्लवद्वारा जारी गरिएको विज्ञप्तिमा भनिएको छ- ‘गत साउन १० गतेदेखि हराएकी कञ्चनपुरकी निर्मला पन्त बलात्कार पछि हत्या गरिएको अवस्थामा भेटिएपछि कञ्चनपुर लगायत देशका विभिन्न स्थानहरुमा आन्दोलन भैराखेको छ । यस्ता घटनालाई बलात्कार, हत्यालाई रोक्नुको सट्टा राज्य झनै दमनमा उत्रिएको छ । हाम्रो पार्टी राज्यले चलाएको यस्तो हत्या र दमनको घोर विरोध तथा भत्र्सना गर्दछ ।’
विज्ञप्तिमा अगाडि भनिएको छ- ‘निर्मला लगायत देशै भरी भैराखेका बलात्कारी तथा हत्यारालाई तुरुन्त परिचान गरी कडा भन्दा कडा कार्वाही गर्न जोडदार माग गर्दछ । महिला हत्या र बलात्कारका विरुद्ध जनताद्वारा गरिएका आन्दोलनमा गोली चलाउने, दमन गर्ने, यस्तो कार्य गर्न निर्देशन दिने सरकारी पक्षलाई कार्वाही गर्न पनि माग गर्दछौं ।’
उनले घाइतेहरु कमिन्द्र सिंह, सुरेश चटौत, दामोदर खत्री, उमेश देउवा र चेतन भट्ट लगायत सबैको स्वास्थ्य उपचारको सुनिश्चित गर्न समेत भनेका छन् ।
‘साथै नेपालका महिलाहरुमाथि शृंखलाबद्ध भैराखेका बलात्कार र हत्याका विरुद्ध सबै सरोकारवालाहरु एक भएर सशक्त आन्दोलनमा उत्रिन पनि हाम्रो पार्टी आह्वान गर्दछ । ‘ महासचिव विप्लवद्वारा जारी गरिएको विज्ञप्तिमा अगाडी भनिएको छ- यी घटनाहरुले महिलाको अधिकार प्राप्ति र सुनिश्चितता यो दलाल संसदीय व्यवस्थाले गर्दैन भन्ने पनि पुष्टि भएको भएको छ । त्यसैले यसको विकल्पमा वैज्ञानिक समाजवादको अपरिहार्यता पुनर्पुष्टि भएको छ ।’
प्रस्तुत छ नेकपाका महासचिव विप्लवले जारी गरेको विज्ञप्तिको पूर्णपाठ :
प्रेस विज्ञप्ति
अहिले दिनदिनै जसो महिला हिंसा बढेर गएको छ । महिलामाथि हिंसा, हत्या र बलात्कार भैरहेको छ । यसरी बलात्कारमा संलग्नलाई खोजी छिटोभन्दा छिटो कार्वाही गर्नुको सट्टा हत्यारा र बलात्कारीलाई कार्वाही गर भनी जनताले गरेको विरोध र जुलुसमा प्रहरीले गोली चलाई हत्या गर्ने, घाइते बनाउने काम गरिराखेको छ ।
गत साउन १० गतेदेखि हराएकी कञ्चनपुरकी निर्मला पन्त बलात्कार पछि हत्या गरिएको अवस्थामा भेटिएपछि कञ्चनपुर लगायत देशका विभिन्न स्थानहरुमा आन्दोलन भैराखेको छ । यस्ता घटनालाई बलात्कार, हत्यालाई रोक्नुको सट्टा राज्य झनै दमनमा उत्रिएको छ । हाम्रो पार्टी राज्यले चलाएको यस्तो हत्या र दमनको घोर विरोध तथा भत्र्सना गर्दछ ।
निर्मला लगायत देशै भरी भैराखेका बलात्कारी तथा हत्यारालाई तुरुन्त परिचान गरी कडा भन्दा कडा कार्वाही गर्न जोडदार माग गर्दछ । महिला हत्या र बलात्कारका विरुद्ध जनताद्वारा गरिएका आन्दोलनमा गोली चलाउने, दमन गर्ने, यस्तो कार्य गर्न निर्देशन दिने सरकारी पक्षलाई कार्वाही गर्न पनि माग गर्दछौं ।
प्रहरीको गोलीद्वारा हत्या गरिएका शनी खुनालाई शहीद घोषणा गरियोस् । उनको परिवारलाई क्षतिपूर्तिको व्यवस्था गरियोस् । साथै घाइतेहरु कमिन्द्र सिंह, सुरेश चटौत, दामोदर खत्री, उमेश देउवा र चेतन भट्ट लगायत सबैको स्वास्थ्य उपचारको सुनिश्चित गरियोस् ।
साथै नेपालका महिलाहरुमाथि शृंखलाबद्ध भैराखेका बलात्कार र हत्याका विरुद्ध सबै सरोकारवालाहरु एक भएर सशक्त आन्दोलनमा उत्रिन पनि हाम्रो पार्टी आह्वान गर्दछ ।
यी घटनाहरुले महिलाको अधिकार प्राप्ति र सुनिश्चितता यो दलाल संसदीय व्यवस्थाले गर्दैन भन्ने पनि पुष्टि भएको भएको छ । त्यसैले यसको विकल्पमा वैज्ञानिक समाजवादको अपरिहार्यता पुनर्पुष्टि भएको छ ।
विप्लव
महासचिव
२०७५ भदौ ९ गते शनिबार प्रकाशित
प्रतिक्रिया