• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    राजनीति

    गगनको सम्बोधन–देशका समस्या ‘छुमन्तर’ शैलीमा समाधान हुँदैन

    167
    SHARES



    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन सत्र काठमाडौंको खुलामञ्चमा सम्पन्न भएको छ। उद्घाटन समारोहमा विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूले सम्बोधन गर्दै मुलुकको समसामयिक राजनीतिक अवस्थाबारे धारणा राखे।

    महाधिवेशनको तयारी समानान्तर रूपमा गरिरहेका कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा भने उद्घाटन समारोहमा उपस्थित भएनन्। उद्घाटन सत्रको अन्तिमतिर सम्बोधन गरेका पार्टी सभापति गगनकुमार थापाले देउवाको अनुपस्थितिलाई स्मरण गर्दै उनको सम्मान केवल औपचारिकताबाट नभई पार्टी निर्माणमा योगदान र त्यसलाई अझ बलियो बनाउने कामबाट हुने बताए।

    थापाले आफूहरूले देउवाका लागि उद्घाटन समारोहमा कुर्सी राखेको र उनी आएर कार्यक्रम उद्घाटन गर्ने अपेक्षा गरेको उल्लेख गरे। उनले भने, “शेरबहादुर देउवालाई सम्मान गर्ने भनेको उहाँको ढोकामा कतिपटक सलामी दियो भन्ने होइन, उहाँले बनाएको पार्टीलाई कति अग्लो बनायौँ भन्ने हो।”

    यसै क्रममा सभापति थापाले मुलुकका वर्तमान समस्या र चुनौतीलाई सामान्य रूपमा लिन नहुने धारणा राखे। कुनै व्यक्ति वा नेतृत्व परिवर्तन हुँदैमा देशका जटिल समस्या तत्काल समाधान हुने अवस्था नरहेको उनको भनाइ थियो।

    नेपालका समस्या आन्तरिक कारणले मात्र सिर्जित नभएको उल्लेख गर्दै थापाले विश्व राजनीतिमा भइरहेका घटनाक्रमले समेत नेपाललाई प्रभावित पारिरहेको बताए।

    उनले रुस–युक्रेन युद्ध तथा मध्यपूर्वमा जारी तनावको प्रभावबाट नेपाल पनि पूर्ण रूपमा अलग रहन नसक्ने भन्दै अन्तर्राष्ट्रिय घटनाक्रमलाई समेत गम्भीरतापूर्वक विश्लेषण गर्नुपर्नेमा जोड दिए।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +


    प्रतिक्रिया

    आजको ट्रेन्डिङ