• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    राजनीति

    प्रचण्डको चेतावनी–सरकारका गतिविधिले स्वेच्छाचारिताको खतरा बढ्यो

    206
    SHARES



    काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पछिल्लो राजनीतिक परिस्थितिप्रति चिन्ता व्यक्त गर्दै देश, लोकतन्त्र र संविधान चुनौतीपूर्ण अवस्थामा पुगेको बताएका छन्।

    नेपाली कांग्रेसको १४औँ महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रचण्डले सरकारका पछिल्ला अभिव्यक्ति, निर्णय र गतिविधिप्रति प्रश्न उठाउँदै मुलुक स्वेच्छाचारितातर्फ जाने जोखिम देखिएको बताए।

    उनले वर्तमान सरकारको कार्यशैलीले लोकतान्त्रिक व्यवस्था र संविधानमाथि समेत प्रश्न उठ्ने अवस्था सिर्जना हुन सक्ने धारणा राखे। देशको लोकतान्त्रिक प्रणालीलाई कमजोर हुन नदिन राजनीतिक दलहरूबीच सहकार्य आवश्यक रहेको उनको भनाइ थियो।

    प्रचण्डले संघीय लोकतान्त्रिक गणतन्त्र शान्ति प्रक्रियाको महत्वपूर्ण उपलब्धि भएको उल्लेख गर्दै यसलाई थप संस्थागत र सुदृढ बनाउन सबै पक्ष मिलेर अघि बढ्नुपर्ने बताए।

    उनका अनुसार शान्ति प्रक्रियासँग जोडिएका केही विषय अझै पूर्ण रूपमा टुंगिन बाँकी छन्। ती विषयलाई समयमै सम्बोधन गर्न नसके मुलुक थप जटिल राजनीतिक परिस्थितिमा प्रवेश गर्न सक्ने उनको चेतावनी थियो।

    प्रचण्डले समावेशी लोकतन्त्रसहितको संघीय लोकतान्त्रिक गणतन्त्रको संरक्षण र सुदृढीकरणका लागि राजनीतिक सहमति र सहकार्यलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +


    प्रतिक्रिया

    आजको ट्रेन्डिङ