• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    राजनीति

    मन्त्रीहरूको रिपोर्ट कार्ड अनिवार्य पेस गर्न रविको निर्देशन, बालेनबारे के भने ?

    98
    SHARES



    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सरकारमा सहभागी मन्त्रीहरूको रिपोर्ट कार्ड मागेका छन् ।

    केन्द्रीय कार्यालय वनस्थलीमा शनिबार बसेको केन्द्रीय समिति बैठकमा सभापति लामिछानेले मन्त्रीहरूलाई अनिवार्य रूपमा रिपोर्ट कार्ड पेस गर्न निर्देशन दिएको एक केन्द्रीय सदस्यले बताए ।

    बैठकमा अधिकांश केन्द्रीय सदस्य तथा सांसदहरूले सरकारमा सहभागी भएका मन्त्रीहरूको कार्यसम्पादनलाई लिएर प्रश्न उठाएका थिए । ती सदस्यका अनुसार नेताहरूको गुनासा सुनिसकेपछि लामिछानेले आगामी दिनमा हुने केन्द्रीय समिति बैठकमा आफूले गरेका उपलब्धिहरू पेस गर्न मन्त्रीहरूलाई निर्देशन दिएका थिए ।

    सभापति लामिछानेले ६ महिनामा सरकारले आफ्नो काम गरिरहेकाले कम्तीमा स्थानीय तहको निर्वाचनसम्म चुप लागेर बस्न र केही असन्तुष्टि भए केन्द्रीय समिति बैठकमा खुलेर राख्न आग्रह गरेका थिए । बैठकमा लामिछानेले बाहिर पत्रपत्रिकामा आएजस्तो प्रधानमन्त्रीसँग कुनै मतभेद वा विवाद नभएको स्पष्ट पारेका थिए । अर्का केन्द्रीय सदस्यका अनुसार लामिछानेले पार्टी नै सर्वोच्च निकाय भएकाले पार्टीको निर्देशनअनुसार सरकार चल्नुपर्ने धारणा राखेका थिए ।

    बैठकमा लामिछानेले स्थानीय तह निर्वाचनमा संघीय संसदको निर्वाचनमा जस्तै परिणाम देखिने गरी पालिका केन्द्रित भएर संगठन विस्तारको काम गर्न केन्द्रीय सदस्य तथा सांसदहरूलाई निर्देशन दिएका थिए ।

    पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा पक्राउ प्रकरणमा बैठकमा खासै प्रश्न नउठेको नेताहरूको दाबी छ । यद्यपि मन्त्रीहरूले नेता तथा कार्यकर्ताहरूको फोन नउठाएको, काम गर्न ढंग नपुर्‍याएको विषयमा प्रशस्त प्रश्न उठेको थियो ।

    बैठकले स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट समिति विस्तार, १३ केन्द्रीय विभागमा प्रमुख र उपप्रमुख मनोनयन, ७७ जिल्लाका ७५३ पालिकामा ‘हामी आउँदै छौँ’ अभियान सञ्चालन गर्ने, मधेस प्रदेशको संगठनात्मक समस्याबारे गठित कार्यदलले बुझाएको प्रतिवेदन बुझ्ने, केन्द्रीय कार्यालय सार्नेलगायत विषयमा ६ बुँदे निर्णय गरेको थियो ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +


    प्रतिक्रिया

    आजको ट्रेन्डिङ