• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    मुख्य समाचार राजनीति

    ‘विप्लव’को नाममा ३ करोड चन्दा माग्ने चार जना प्रहरीको फन्दामा

    5.9K
    SHARES



    काठमाडौँ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको बिद्रोही नेकपाका नाममा चन्दा उठाएर खानेहरुको समुहले काठमाडौँमा व्यापारीहरुलाई हैरान पार्न थालेको छ । खास गरी नेकपा निकट बिद्यार्थी, पत्रकार, मजदुर संगठनमा रहेकाहरुले पार्टीका नाममा चन्दा मागेर हैरान पार्ने गुनासो व्यापारीहरुले गरेका छन् ।

    अझ त्यसमध्येमा सबै भन्दा बढी पार्टीको पत्रकार भनेर मासिक, साप्ताहिक पत्रिका चलाउने र अनलाइन चलाउनेहरुले विज्ञापनमा नाममा मोटो रकम एग्रिमेन्ट गर्ने र व्यापारिक प्रतिष्ठानलाई हैरान पार्ने गरेको सुचना प्रहरीले पाएको बताएको छ । ति मध्ये कतिपयले त आफ्नो अनलाइनको लोगोमै पार्टीको झण्डा राखेर यो पार्टीको मिडिया हो भन्दै पैसा माग्ने गरेको समेत गुनासो आएको प्रहरीले जनाएको छ।

    यता नेकपाका एक केन्द्रिय सदस्यले त्यस्ता केही चन्दा धन्दावालाहरुको पार्टीकै शिर्ष नेता भनिएकाहरुसँग सालनाल जोडिएकाले त्यस्तो बदमासी गर्नेहरुलाई पार्टीले कारवाही गर्न नसकेको सञ्चारकेन्द्रलाई बताएका छन् ।

    यसै शिलशिलामा ३ करोड रूपैयाँ चन्दा मागिरहेका चार जनालाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ ।महानगरीय अपराध महाशाखाको टोलीले नुवाकोट घर भएका बिन्तोष सिलवाल, रामेछाप घर भएका रामदल श्रेष्ठ (अटल), काभ्रेका तीर्थमान तामाङ र चितवनका नन्दुराज आचार्यलाई पक्राउ गरेको हो । ४२ वर्षीय आचार्य कानुन व्यवसायी हुन् ।

    सो समूहले कन्सल्टेन्सी संचालकसँग धम्क्याउँदै तीन करोड चन्दा मागेको महानगरीय अपराध महाशाखाका प्रहरी बरिष्ठ उपरिक्षक (एसएसपी) दीपक थापाले बताए ।रामेछापको सुनापती घर भएका ३१ वर्षीय रामदल श्रेष्ठ ‘अटल’ विप्लव समूह रामेछापका पूर्वजिल्ला सेक्रेटरी हुन् । अहिले आफूले सो समूह परित्याग गरेको उनले प्रहरीलाई बताएका छन् ।

    कानून व्यवसायी समेत रहेका ४२ वर्षीय आचार्यले ‘हामी विप्लव समूहका हौं’ तीन करोड चन्दा नदिए ‘दुई दिनमा सिध्याइ दिन्छौँ’ भन्दै कन्सल्टेन्सी संचालकलाई धम्की दिएको प्रहरीले जनाएको छ ।

    बिन्तोष सिलवाललाई नुवाकोटमा डोजर आगजनी गरेको मुद्दामा प्रहरीले यसअघि पनि पक्रेको थियो । उनीहरूलाई अदालतबाट तीन दिनको म्याद लिएर थप अनुसन्धान भइरहेको महानरीय प्रहरी परिसर काठमाडौंले जानकारी दिएको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ