• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    विचार-ब्लग

    कमरेड विप्लव, दोस्रो पुस्ता तयार छ, क्रान्तिलाई अघि बढाउनुहोस्

    13.3K
    SHARES

    कम्युनिस्टको नाम झण्डा र ब्यानरमा दिनानुदिन दलाल, बिचौलिया, कमिसनखोर र भ्रष्टहरुले जरा गाडिरहेका छ्न । दलाल पूँजीपति र साम्राज्यवादी एजेण्टहरुले दिनदाहाडै आ-आफ्नो शक्तीकेन्द्रको पावर प्रदर्शन गरिरहेका छ्न । प्राकृतिक श्रोत साधनको स्थानीय तहदेखि केन्द्रसम्मले बिना अबरोध दोहन गरिरहेका छ्न ।

    सरकार दलाल, भ्रष्ट र कमिसनखोरीको घेरामा सत्ताधारी पार्टी कमिटी र त्यसका नेताकार्यकर्ताहरु “मनी, मशल, र शक्तिकेन्द्रको” घेराभित्र छ । कम्युनिस्ट नाम, सिद्धान्त र कार्यदिशाको धज्जी उडाएको बिश्व कम्युनिस्ट आन्दोलनको ईतिहासमै सायद यो पहिलो पटक होला ।

    ७० बर्ष लामो कम्युनिस्ट आन्दोलन , विभिन्न संघर्ष र क्रान्तिमा पटकपटक भएको धोका बिर्सेर सर्बहारा बर्ग क्रान्तिको मैदानमा होमिरह्यो, तर सत्तामा पहुँच तिनै दलालहरुको भैइरह्यो र खास बर्ग उहीँ रह्यो, वर्गसंघर्ष अधुरै रह्यो ।

    १० प्रतिशतको हाराहारीमा रहेको दलाल पूँजीपति  बर्गले आज सर्बसत्तावादी चरीत्र उदाङ्गो बनाएर देखाएको छ र करिब दुई तिहाईको जनमतको उपेक्षा गर्दै जनघाती र राष्ट्रघाती कदमहरु चालिरहेको छ । ५ प्रतिशत राष्ट्रिय पूँजीपति बर्ग र ८५ प्रतिशत निम्न-मध्यम श्रमजीवी बर्ग गरि ९० प्रतिशतमाथि सत्ता र शक्तिको दम्भ देखाएर शासन गरिरहेको छ ।

    सचेत नेपाली जनताले जुनसुकै पार्टीमा रहेर पनि ब्यथिति र अन्यायबिरुद्ध लड्न सुरु गरिसकेको छ । यहीँबाट बर्ग ध्रुवीकरण भएर क्रान्तिलाई नयाँ उचाईमा पुर्याउने अर्को तेस्रो शक्ति समेत जुटिरहेको छ ।

    कमरेड, स्वचालित संगठन र स्वाधीन सत्ताद्वारा मात्रै श्रमजीवी बर्गको अधिनायकत्व वा बास्तबिक श्रमजीवी बर्गको राज्यमा पहुँच पुग्ने हुँदा पार्टीभित्र कमाई खान आएकाहरुको सफाया गर्दै आर्थिक पारदर्शिता जनतासम्म पुर्याएर यो शक्ति जनताबिचमै जनताको आवश्यकताले जन्माएको र यही माटोबाट बिजयको शिखर चुम्ने प्रष्ट मार्गचित्र देखाउनु पर्ने समयले माग गरेको छ ।

    परिवर्तनको लागि, हिजोका त्याग र बलिदान आज कम्युनिस्ट आन्दोलनमाथिको धोका र कम्युनिस्ट पार्टी नामका स्वार्थका झुण्डहरुको व्यबहार र चरीत्रले गर्दा ईमान्दार क्रान्तिकारीमा समेत बिचलन आएको छ । यो वर्गसंघर्षको मार्गमा यी क्रान्तिकारीको मनमा फेरि हिम्मत जमाउनुछ, सिङ्गो श्रमजीवी बर्गलाई वर्गसंघर्षमा समेटेर उनीहरुको आफ्नो राज्यसत्ता निर्माण गर्ने महान कार्यदिशामा लामबद्द हुनुछ ।

    कमरेड, हामी तयार छौं दलालका किल्लामा धावा बोल्नुस, हामी चट्याङ बनेर भ्रष्टका प्रतिक्षालय ध्वस्त बनाएर बैज्ञानिक समाजवादी सत्ताको लालकिल्ला निर्माण गर्ने छौं ।हामी अब हाम्रो आधार ईलाका निर्माणको डिपिआर बनाईरहेका छौं, समाजवादी प्रतिरोधले दलालहरुको साम्राज्यमा कम्पन ल्याउनेछौं ।

    हो, हामी तयार छौं तपाईंको पुस्ता सकिए पनि हिजोजस्तो क्रान्तिलाई बिसर्जन गरेर,शक्तिमा साट्ने र बिलासितामा पुग्ने कल्पना गर्न कुनैपनी क्रान्तिकारीलाई छुट छैन । जबसम्म वर्गसंघर्ष जारी रहन्छ, तबसम्म आन्दोलन र मोर्चामा अन्तिमसम्म लडिरहने भीष्म प्रतिज्ञा गरेर अघि बढ्ने हामी तयारी गरिरहेका छौं ।

    तपाईंले अब रक्षात्मक हैन आक्रमक नीति लिएर अघि बढ्नुपर्ने बेला आएको छ, हामी साथमा छौं । जुझारु क्रान्तिकारी अभिबादनसहित
    हेम बहादुर खड्का, दोलखा ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ