• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    मुख्य समाचार राजनीति

    नेकपा भोजपुरका जिल्ला सेक्रेटरी बम बहादुर बिस्ट गिरफ्तार, आफन्त भन्छन -बेपत्ता बनायो

    7.6K
    SHARES



    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका भोजपुर जिल्ला सेक्रेटरी बम बहादुर बिस्टलाई प्रहरीले गिरफ्तार गरेको छ ।प्रहरीले उनलाई आइतबार जिल्लाको भैंसीपंखाबाट गिरफ्तार गरेको आफन्तले संचारकेन्द्रलाई बताए । तर गिरफ्तार गरेर लागे पनि प्रहरीले आफूहरुलाई कुनै सूचना नदिएर अवस्था अज्ञात राखेको भन्दै परिवारजनले चिन्ता व्यक्त गरेका छन् ।

    ‘उहाँलाई गिरफ्तार गरेर लागेको छ हामीलाई थाहा छ तर प्रहरीले कुनै श जानकारी नै दिएन त्यसैले मिडियामा आउनु पर्यो ।’ पारिवारिक स्रोतले संचारकेन्द्रसंग भन्यो -‘बेपत्ता बनाउने र समातेर गोली हान्ने काम प्रहरीले गरिरहेको छ त्यसकारण पनि मिडिया र मानवअधिकार आयोगको ध्यान त्यता पनि जाओस् भन्ने हामी चाहन्छौं ।’

    यसैबीच यता जिल्ला प्रहरी कार्यालय भोजपुरले सेक्रेटरी बिस्टको गिरफ्तारीका विषयमा केहि बोल्न चाहेन । संचारकेन्द्रको टेलिफोन सम्पर्कमा आएका जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी निरीक्षक पाण्डव कुमार राजवंशीले ‘यस विषयमा पछि कुरा गरौला’ भन्दै बोल्न चाहेनन् । गिरफ्तार गरेको हो या होइन ? भन्ने हाम्रो प्रश्नमा उनले भने- ‘अहिले केहि नबोलौ, यस विषयमा पछि कुरा गरौला, पछि क्ल गर्नुहोस् ।’

    राजनीतिक आस्था र फरक बिचार राखेकै भरमा पछिल्लो समय केपी ओली नेतृत्वको सरकारले नेकपा नेता कार्यकर्तालाई गिरफ्तार गर्ने, यातना दिने, अवस्था अज्ञात राख्ने र गोली नै हान्नेजस्ता गैरन्यायिक कार्य समेत गर्दै आएको राजनीतिक विश्लेषकहरुको बुझाई छ । हामसम्म नेकपा सचिवालय सदस्य हेमन्तप्रकाश ओली सुदर्शनसहित करिब ५ सय बढी नेता कार्यकर्ताहरु प्रहरी हिरासतमा छन् ।

    यसैबीच नेपाल कम्युनिस्ट पार्टी रोल्पा जिल्लाले जिल्ला कमिटी सदस्य तथा त्रिवेणी गाउँ कमिटी इन्चार्ज खिमराज पुन ‘प्रभात’लाई उपचारको शिलशिलामा दाङ गएको बेला तुल्सीपुरबाट विनाकारण गिरफ्तार गरेकोप्रति घोर भत्र्सना गरेको छ । रोल्पा जिल्ला सेक्रेटरी मानवले एक प्रेस विज्ञप्ति निकाली उपचारमा रहेका प्रभातलाई दलाल सत्ताका पालित–पोसित सिआइडी सुराकीले गिरफ्तार गर्न लगाएकोमा यस्ता हर्कत रोक्न जोडदार माग गरेका छन् र सम्पूर्ण साथीहरुलाई विनासर्त स–सम्मान रिहाई नगरे उत्पन्न परिस्थितिको सामना दलाल सत्ता र सम्बन्धित पक्षले नै व्यहोर्नुपर्ने चेतावनीसमेत दिएका छन् ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ