• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    मुख्य समाचार राजनीति

    के प्रचण्डमाथि आक्रमणको प्रयास भएकै हो ? कसले चलायो यस्तो हल्ला ? यस्तो छ यथार्थ

    40.4K
    SHARES



    काठमाडौं । मंगलबार साँझतिर केहि झोले अनलाइनहरुले एउटा समाचारलाई सनसनीपूर्ण बनाउन खोजे । समाचारको शीर्षक थियो- ‘प्रचण्डमाथि आक्रमणको प्रयास, बानेश्वरमा बालबाल बचे प्रचण्ड’ यस्तै यस्तै । पछिल्लो समय सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले अनलाइन होस् या युटुब होस आफुलाई मन नपरेको नेता, राजनीतिक दल या व्यक्ति, समूहको बारेमा केहि समाचार आए त्यसलाई अनावश्यकरुपमा सनसनीपूर्ण बनाउन खोज्ने प्रबृत्ति परम्पराजस्तै बन्दै गइरहेको छ ।

    केहि समयअघि देशको कार्यकारी प्रमुखको पद अर्थात् प्रधानमन्त्री पद सम्हालेका सत्तारुढ एमाले अध्यक्ष केपी ओलीको निधन भएको भन्दै ‘श्रद्धाञ्जली’ दिएको समाचार केहि झोले अनलाइनहरुले भाइरल बनाएक थिए । उक्त समाचार लेख्ने एकजना अनलाइन संचालकलाई प्रहरीले त्यतिबेला गिरफ्तार समेत गरेको थियो । मंगलबार पनि सत्तारुढ दल नेकपाकै अर्का अध्यक्ष प्रचण्डमाथि आक्रमण भएको भ्रामक समाचार सम्प्रेषण गरेर केहि झोले अनलाइनहरुले सामाजिक सञ्जालमा सेयर गरेको भेटियो ।

    उक्त समाचार के सत्य हो त ? या कसले कुन नियतका साथ किन यस्तो अफवाह फैलाइरहेका छन ? भन्ने चासो आमा पाठकबर्गमा हुनसक्छ । त्यसकारण हामीले यस बारेमा खोजि गर्दै जाँदा उक्त समाचार २०७२ चैत्र १ गते अर्थात् आजभन्दा ठ्याक्कै ३ बर्ष ७ महिना अघिको रहेको तथ्य भेट्टायौ । करिब साढे ३ बर्षअघि जिल्ला विकास समिति सिरहाको २३ औं जिल्ला परिषदमा प्रमुख अतिथिका रुसिरहा पुगेका प्रचण्डमाथि संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेता तथा कार्यकर्ताले आक्रमणको प्रयास गरेका थिए ।

    त्यतिबेला मोर्चाका नेताहरुले कालो झन्डा देखाउँदै कार्यक्रमस्थलमा आक्रमणको प्रयास गरेको समाचार नेपाल समाचारपत्र दैनिकमा छापिएको रहेछ । उक्त समाचारमा जिविसको सभाहलभित्र राखिएको कार्यक्रममा कडा सुरक्षा घेरामा राखिएको कार्यक्रममा प्रचण्ड सहित कांग्रेस एमालेका नेता विरुद्ध मोर्चाका कार्यकर्ताले नाराबाजी संगै आक्रमण प्रयास गरेको र त्यस्तो कार्यमा संग्लनहरुलाई प्रहरीले पक्राउ गरेको उल्लेख छ । नेपाल समाचार पत्रको उक्त समाचार नेपालका अन्य प्रतिष्ठित अनलाइनहरुले समेत साभार गरेको रेकर्ड गुगलमा भेटिन्छ ।

    त्यसअघि २०७१ साल माघ  ६ गते काठमाडौंको बिजुलीबजारमा पनि प्रचण्डमाथि उनकै पार्टीका कार्यकर्ताले आक्रमणको प्रयास गरेका थिए ।त्यसबेला बानेश्वरबाट बबरमहल जाँदै गर्दा अपरान्ह सवा ४ बजे बिजुली बजार पुल नजिकै प्रचण्डमाथि भीडबाट ढुंगा प्रहार भएको थियो । संविधानसभा बैठक अवरुद्ध भएपछि प्रचण्ड जुलुसहित कोणसभामा सहभागी हुन जाँदै थिए । करिब १५ मिनेटसम्म ढुंगामुढाको शिकार बनेपनि प्रचण्डलाई सुरक्षाकर्मीले जोगिएका थिए ।

    त्यसबेला सुरक्षा गार्ड प्रहरीका मनोज थापाले प्रचण्डलाई हानिएको ढुंगा आफै थापेका थिए । ढुंगा प्रहारबाट सुरक्षा गार्ड थापा घाइते बनेका थिए । थप आक्रमण हुन सक्ने खतरा बढेपछि कोणसभालाई सम्बोधन गर्ने कार्यक्रम नै स्थगित गरी प्रहरीको गाडी चढेर प्रचण्ड सिँधै निजी निवास लाजिम्पाट गएका थिए । भने सोहीक्रममा आक्रमणकर्ताले हानेको ढुंगा लागेर प्रचण्डसँगै आएका एमाओवादी नेता जनार्दन शर्मा ‘प्रभाकर’ र सभासद् अनिता परियार लगायत केही घाइते भएका थिए । शर्माको टाउमा चोट लागेपछि उपचारका लागि नर्भिक अस्पतालमा लागिएको थियो। तत्कालिन अवस्थामा प्रचण्ड फर्किएपछि कोणसभालाई नेता बाबुराम भट्टराई, कृष्णबहादुर महरा, देव गुरुङ, जितेन्द्र देव लगायतले सम्बोधन गरेका थिए ।

    यो बिषय हामीले किन कोट्याएका हौ भने अहिले केहि झोले अनलाइनहरुले यहि पुरानो समाचार र तस्वीर फेरी कपि गरेर हिजो आज नै प्रचण्डमाथि आक्रमणको प्रयास भएको भन्ने भ्रम आम जनमानसमा पार्न खोजिएको देखिन्छ । सत्तारुढ दलका नेता कार्यकर्ताले समेत सामाजिक सञ्जालमा उक्त भ्रमपूर्ण समाचारको खण्डन गरेका छन् । पछिल्लोसमय फेसबुकबाट दालक कमाउन र भिजिटर बढाउँनका लागि केहि झोले अनलाइन र युटुबहरुले फेक र भ्रामक समाचारहरु सामाजिक सञ्जाल सेयर गर्ने क्रम रफ्तारमा बढेको छ । सम्बन्धित निकायको ध्यान त्यता पनि जान जरुरी छ ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ