• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    मुख्य समाचार राजनीति

    सुदर्शनका बारेमा त्यस्तो के समाचार आयो ? जसको खण्डन गर्न विप्लवका सचिवले निकाले बिज्ञप्ति

    17.9K
    SHARES



    काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीले आफ्ना पार्टीका तत्कालिन स्थायी समिति सदस्य हेमन्त प्रकाश ओली ‘शुदर्शन’लगायत नेताहरुका बारेमा आएका समाचारको खण्डन गरेको छ । हाल नख्खु कारागारमा रहेका नेता सुदर्शनका बारेमा केही सञ्चारमाध्यममा प्रकाशित र प्रसारित समाचार भ्रामक, नियोजित र षड्यन्त्रपूर्ण भएको भन्दै उक्त झूट्टा प्रचारको खण्डन गर्न नेकपाका केन्द्रिय कार्यालय सविच शुसिलले एक प्रेस बिज्ञप्ति नै जारी गरेका छन् ।

    कार्यालय सविच शुसिलले प्रतिधुर्विय तत्वहरूले उक्त सुनियोजित र षड्यन्त्रपूर्ण प्रचार गर्न लगाएको पार्टीको ठहर रहेको भन्दै बिज्ञप्ति मार्फत उक्त समाचारको खण्डन गरेका हुन् । पार्टीको निर्णय अनुसार सरुवा, बढुवा, स्थानान्तरण वा जिम्मेवारी परिवर्तन पार्टी सङ्गठनको सामान्य प्रक्रिया भएको उल्लेख गर्दै केही सञ्चार माध्यममा आएका समाचार गलत र भ्रामक भएकोले पार्टी केन्द्रीय कार्यालयको आधिकारिक धारणा स्पष्ट पार्न नेकपाको केन्द्रीय कार्यालयका तर्फबाट सुशीलले सोमबार साँझ प्रेस विज्ञप्ति जारी गरेका हुन्।

    साथै विज्ञप्ति मार्फत शुसिलले विचार, सङ्गठन र कार्यदिशाबाट अलग भएका बाहेक कसैलाई पनि पार्टीले कारबाही नगरिएको विज्ञप्तिमा उल्लेख छ । स्मरणीय छ, केही दिनपहिले नयाँ पत्रिका दैनिक लगायत केही सञ्चारमाध्यममा जेलमा रहेका कारण स्थायी समिति सदस्य हेमन्तप्रकाश ओली ‘सुदर्शन’ जिम्मेवारी मुक्त भन्ने समाचार प्रकाशित भएको थियो ।

    त्यस्तै गम्भीरलगायत केन्द्रीय नेताहरूलाई कारबाहीलगायत समाचार विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमा प्रकाशित भएका थिए । त्यस्ता समाचारहरू सुनियोजित तरिकाले प्रकाशन तथा प्रसारण गरिएको भन्दै शुसिलले त्यस्ता समाचार आफ्नो पार्टीका विरुद्ध जालझेल र षड्यन्त्र गर्न तयार पारिएको स्पष्ट पारेका छन् ।

    हेर्नुहोस् विज्ञप्ति जस्ताको त्यस्तै
    हाम्रो पार्टी नेपाल कम्युनिस्ट पार्टीका विरुद्ध जालझेल, षड्यन्त्र र प्रचारयुद्धलाई प्रतिधु्रवीय तत्वहरूले तीव्र पारेका छन् । त्यसै क्रममा केही दिनयता नेताहरू सुदर्शन, गम्भीर, धु्रवलगायतलाई कारबाही गरिएको, जिम्मेवारीबाट मुक्त गरेको भन्ने खालका भ्रामक र षड्यन्त्रपूर्ण समाचारहरू विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमा प्रवाहित भएका छन् । सरुवा, बढुवा, स्थानान्तरण, जिम्मेवारी परिवर्तन पार्टी सङ्गठनमा सामान्य प्रक्रिया हुन् । पार्टीको विचार, सङ्गठन र कार्यदिशाबाट अलग भएका बाहेक सुदर्शनसहित कसैलाई पनि कारबाही नगरिएको र केही दिनअघि एक दैनिक अखबारमा स्थायी समितिको हवाला दिँदै प्रकाशित समाचार भ्रामक र षड्यन्त्रपूर्ण भएको स्पष्ट गरिन्छ।
    सुशील,कार्यालय सचिव, नेपाल कम्युनिस्ट पार्टी

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ