• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    राजनीति

    नेकपा नेताको प्रहरीले गोली हानी हत्या गरेलगत्तै सत्तारुढ दलकै नेताहरु विरोधमा उत्रिए, कसले के भने ?

    30.1K
    SHARES



    काठमाडौं । प्रहरीले दोहोरो भीडन्तको हल्ला गरेर विद्रोही नेपाल कम्युनिस्ट पार्टीले आफ्ना सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेलको हत्या  गरेपछि सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र खैलाबैला सुरु भएको छ ।

    सरकार नेकपा नेता कार्यकर्ताको हत्यामा उत्रिएपछि पूर्वमाओवादी नेताहरुले सार्वजनिकरुपमै असन्तुष्टि जनाएका छन् । यसैबीच नेकपा नेता मणि थापाले सुरक्षा निकाय केहि समयअघिदेखि आक्रामक देखिएको भन्दै यो ठिक सङ्केत नभएको बताएका छन् ।

    घटनालगत्तै सामाजिक सञ्जाल फेसबुकमा ट्वीट गर्दै उनले भनेका छन् -‘ केही समय यता सुरक्षा निकाय आक्रमक देखिएकाे छ ।जुन राम्रो हाेईन।’  यस्तै विद्रोही नेपाल कम्युनिस्ट पार्टीले आफ्ना सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेलको हत्या भएको दाबी गरेको छ । प्रहरीले दोहोरो भिडन्त भने पनि नेकपाले पौडेललाई लालबन्दीमा गोली हानी हत्या गरिएको संचारकेन्द्रलाई बतायो ।

    ‘यो दलाल सरकारले गरेको नियोजित हत्या हो, दोहोरो भीडन्तको नाम दिएर गरिएको कायरतापूर्ण क्रुर दमन हो’ नेकपा एक केन्द्रीय नेताले संचारकेन्द्रसंग भने- ‘अस्ति भोजपुरमा तिर्थ र आज सर्लाहीमा कुमार कमरेडको हत्याले ओली सरकारको फासिवादी चरित्र प्रष्ट पारिसकेको छ । यसको उचित जवाफ हामी दिने नै छौं ।’

    अहिले सुरक्षाकर्मीमाथि आक्रमण गर्ने पार्टीको कुनै नीति नै नभएको बेला नेकपाले फायर खोल्यो भनेर दुष्प्रचार गरिएको ति नेताले बताए । उनले यस विषयमा पार्टीको आधिकारिक धारणा केहीबेरमा महासचिव विप्लवले सार्वजनिक गर्न लागेको पनि बताएका छन् ।

    यता नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता विश्वराज पोखरेलले पौडेलले भने पौडेलको दोहोरो भिडन्तमा घटनास्थलमै मृत्यु भएको दावी गरेका छन् । बिहीबार दिउँसो सर्लाहीको लालबन्दी नगरपालिका- १ लखनदेवी खोला नजिक प्रहरी र  नेकपा कार्यकर्ताबीच गोली हानाहान भएको प्रवक्ता पोखरेलले बताए ।

    यसअघि पनि प्रहरीले दोहोरो गोली हानाहानको हल्ला फिजाएर भोजपुरमा नेकपा जिल्लास्तरीय नेता तीर्थराज घिमिरेको हत्या गरेको थियो । घिमिरेमाथि एकतर्फी गोली हानेर प्रहरीले हत्या गरेको भन्दै नेकपाले चरणबद्ध आन्दोलन समेत गरेको थियो ।

    को थिए कुमार पौडेल ?
    नेकपाको सर्लाही जिल्ला इन्चार्ज रहेका पौडेल बागमती नगरपालिका धरहराका स्थानीय बासिन्दा हुन् । उनै पौडेलको नेतृत्वमा नेकपाका नेता, कार्यकर्ता र प्रहरीबीच केही महिनाअघि पनि सुकुम्बासी बस्ती हटाउने विषयलाई लिएर तनाव उत्पन्न हुँदा प्रहरीले गोली चलाएको थियो । तर, त्यतिबेला भने कुनै मानवीय क्षति भएको थिएन ।

    बागमती नगरपालिका धरहरामा सागरनाथ वन परियोजनाको करिब ४ हजार बिघा जग्गा भु-माफिया हरुले कब्जा गर्न खोजेपछि नेकपाले कब्जा गरी सुकुम्बासीहरुलाई राखेको थियो । प्रहरीले सो जग्गा खाली गर्ने क्रममा यसअघि पनि गोली चलाएको थियो ।

    पौडेल नेकपा माओवादी फुटेपछि मोहन वैद्य नेतृत्वको पार्टीमा लागेका थिए । पछि उनी नेत्रविक्रम चन्दले नेकपा  गठन गरेपछि सोही पार्टीको प्रदेश नम्बर २ कै माथिल्लो तहमा थिए । त्यसअघि उनी चुरे भावर पार्टीमा थिए ।

    पूर्व खेलाडीसमेत रहेका पौडेल पहिलेदेखि आँटिलो स्वभावको भएको उनका नजिकका एक आफन्तले बताए । “एक्कासि उहाँको प्रहरीले चलाएको गोली लागि निधन भएको खबर थाहा पाउँदा दुःख लागेको छ,” उनले भने ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ