• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    राजनीति

    जनमत पार्टीको अध्यक्षमा फेरि सिके राउत निर्विरोध

    88
    SHARES



    काठमाडौं । जनमत पार्टीको अध्यक्षमा डा. सिके राउत पुनः निर्विरोध भएका छन्। पार्टीको दोस्रो महाधिवेशनका लागि अध्यक्ष पदमा राउतको मात्र उम्मेदवारी परेपछि उनी पुनः अध्यक्ष हुने निश्चित भएको हो।

    असोज ९ गतेदेखि सुरु हुने महाधिवेशनका लागि असोज १ गते उम्मेदवारी दर्ता भएको थियो। विभिन्न पदमा १०३ जनाले उम्मेदवारी दिएकामा अध्यक्ष पदमा राउतको मात्र उम्मेदवारी परेको जनमत पार्टीका निवर्तमान महासचिव चन्दन सिंहले बताए ।

    अध्यक्षसहित अन्य पदाधिकारीको प्रक्रियागत आधिकारिक घोषणा असोज १० गते हुने उनले बताए। अध्यक्षबाहेक अन्य सबै पदमा भने प्रतिस्पर्धा छ। उम्मेदवारी फिर्ता लिने समय आइतबार साँझ ५ बजेसम्म तोकिएको छ। हालसम्म कसैले उम्मेदवारी फिर्ता नलिएको र सहमति बनाउने प्रयास भइरहेको सिंहले बताए।

    सात जना उपाध्यक्षका लागि १४ जनाको उम्मेदवारी परेको छ। त्यस्तै, एक जना महासचिवका लागि तीन जना, एक जना उपमहासचिवका लागि दुई जना र सात जना सचिवका लागि १० जनाले उम्मेदवारी दिएका छन्। कार्यकारिणी समिति सदस्यका लागि ७३ जनाको उम्मेदवारी परेको छ।

    एकभन्दा बढी उम्मेदवारी परेको पदमा चुनाव हुनेछ। यद्यपि चुनावमा जानुअघि सहमतिको प्रयास भइरहेको सिंहले बताए।

    उपाध्यक्षमा वसन्तकुमार कुशवाहा, अनिता साह, अनिता मण्डल, डा. जयकान्त राउत, नरेन्द्रप्रसाद चौधरी, माधवप्रसाद सिंह, राजकुमार यादव (त्यागी), डा. कमरुल्लाह अंसारी, संजयकुमार मिश्र, मदनेशकुमार चौधरी, परमेश्वर मुर्मु, रोशन खातुन, हरपाल सिंह सोडी र मनोहरी देवी बैठाले उम्मेदवारी दिएका छन्।

    महासचिवमा चन्दन सिंह, ममता झा र संजयकुमार यादवले उम्मेदवारी दिएका छन्। उपमहासचिवमा निर्मल कुमार मण्डल र ललितचन्द्र मल्लिकको उम्मेदवारी परेको छ।

    सचिव पदमा सन्तोषकुमार सहनी, सुरेन्द्र शर्मा मधेशी, हरेन्द्र चौधरी, अञ्जनीदेवी, रोहित महतो, पारसप्रसाद साह, राधाकुमारी यादव, बालगोविन्द चौधरी, वीरेन्द्र महतो (जीवन त्यागी) र रामबाबु साहले उम्मेदवारी दिएका छन्। जनमत पार्टीको दोस्रो महाधिवेशन पर्साको वीरगञ्जमा असोज ९ र १० गते हुँदैछ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +


    प्रतिक्रिया

    आजको ट्रेन्डिङ