काठमाडौँ । देशका विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षा हुने पूर्वानुमानसँगै राजनीतिक दलका कार्यक्रमहरू प्रभावित भएका छन् ।
वर्षालाई लक्षित गर्दै जनमत पार्टीले दोस्रो महाधिवेशनको मिति परिवर्तन गरेको छ । असोज ९ र १० गतेका लागि आह्वान गरिएको महाधिवेशन असोज १७ सम्मको लागि सारिएको हो ।
त्यसैगरी जनचा समाजवादी पार्टी (जसपा) नेपालले पनि केन्द्रीय समिति बैठक सारेको छ । असोज १३ गतेबाट बस्ने तय भएको बैठक अव असोज २१ गतेबाट सुरु हुने भएको छ ।

प्रतिक्रिया