• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    जलवायु जोखिममा रहेका मुलुकबिच सुदृढ सहकार्य आवश्यक छ : परराष्ट्रमन्त्री

    241
    SHARES



    काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु परिवर्तनका कारण जोखिममा रहेका मुलुकको साझा आवाज सशक्त बनाउन हिमाली राष्ट्र र साना टापु विकासशील राष्ट्रबिच सुदृढ सहकार्य आवश्यक रहेको बताएका छन्।

    संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुन न्युयोर्कमा रहेका मन्त्री खनालले बुधबार जलवायु जोखिममा रहेका राष्ट्रहरूको मञ्च (सिभीएफ)को नेताहरूको बैठकमा जलवायु न्याय सुनिश्चित गर्न सामूहिक प्रयास आवश्यक रहेको बताए।

    उनले हिमाली क्षेत्रमा हिमनदी पग्लने तथा हिमताल विस्फोटजन्य बाढीजस्ता विपद् र टापु राष्ट्रमा आउने आँधीको समान प्रभाव रहेको उल्लेख गरे। नेपालमा भोटेकोशी बाढीले सडक, जलविद्युत्, विद्यालय, अस्पताल तथा स्थानीय समुदायको जीविकोपार्जनमा पारेको क्षतिलाई उदाहरणका रूपमा प्रस्तुत गर्दै उनले जलवायु परिवर्तनले दिगो विकासमा चुनौती थपेको बताए।

    मन्त्री खनालले जलवायु उत्थानशील पूर्वाधार, विकास वित्त प्रणालीमा सुधार, पूर्वसूचना प्रणालीमा लगानी, हरित तथा डिजिटल रूपान्तरण र हानि तथा क्षतिसम्बन्धी वित्तीय सहायता प्रभावकारी बनाउनुपर्नेमा जोड दिए। उनले जलवायु जोखिममा रहेका राष्ट्रबिच सहकार्य गर्दै सुरक्षित भविष्य सुनिश्चित गर्न नेपाल प्रतिबद्ध रहेको बताए।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +


    प्रतिक्रिया

    आजको ट्रेन्डिङ