• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    वसन्तपुरमा गरियो सामूहिक कुमारी पूजा

    203
    SHARES



    काठमाडौँ । इन्द्रजात्रा सुरु भएको जनाउ दिने योःसी ठड्याइएको भोलिपल्ट वसन्तपुर दरबार क्षेत्रमा आज सामूहिक कुमारी पूजा गरिएको छ । इन्द्रजात्रा पर्वअनुसार लिङ्गो ठड्याएको भोलिपल्ट कुमारीको पूजा गर्न परम्परा रहेको छ ।

    तलेजु भवानी मन्दिर अगाडी महिनावारी सुरु नभएका बालिकाहरूलाई वैदिक परम्परा अनुसार सामूहिक कुमारी पूजा गरिएको हो । यसरी सामूहिक कुमारी पूजा गर्नाले सुख–शान्ति र समृद्धि प्राप्त हुने धार्मिक विश्वास रहेको छ ।

    त्यस्तै कुमारी पूजा गर्दा उनीहरू रोग आदिबाट सुरक्षित हुने जनविश्वास रहेको छ । नेवार समुदायमा ईही (बेल विवाह) नगरेको २ वर्षदेखि ८ वर्ष उमेर समूहका बालिकाहरूलाई कुमारीका रूपमा पूजा गर्ने प्रचलन रहेको छ।

    पूजासँगै यहाँ सहभागी कुमारीलाई हनुमान ढोकामा रहेको तलेजु भवानीको मन्दिर परिक्रमा गराई मूल स्थानमा पूजा गर्ने गरिन्छ । कुमारी पूजा गरेमा बालिकाहरूलाई तलेजु भवानीले रक्षा गर्ने विश्वास छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +


    प्रतिक्रिया

    आजको ट्रेन्डिङ