• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    जुफालमा सीता एयरको जहाज झण्डै दुर्घटना, सबै यात्रु सकुशल

    226
    SHARES



    काठमाडौं । डोल्पाको जुफाल विमानस्थलमा अवतरण गर्ने क्रममा सीता एयरको जहाजको एउटा पांग्रा खुस्किएको छ। जहाजमा रहेका सबै यात्रु भने सकुशल रहेको प्रहरीले जनाएको छ।

    नेपालगञ्जबाट १३ जना यात्रु लिएर जुफाल पुगेको जहाज अवतरण गर्ने क्रममा पछाडितर्फ दायाँपट्टिको एउटा पांग्रा खुस्किएको हो।

    डोल्पाका प्रमुख जिल्ला अधिकारी जुनु हमाल ढकालका अनुसार जहाजको पांग्रामा सामान्य समस्या देखिएको हो। घटनामा कुनै मानवीय क्षति नभएको उनले बताइन्।

    घटनापछि जहाज धावनमार्गमै रहेको र प्राविधिक टोलीले त्यसको अवस्था जाँच गरिरहेको उनले जानकारी दिइन्।

    जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायब उपरीक्षक (डीएसपी) अनिलराज गिरीका अनुसार जहाज बिहान ८ः२५ बजे अवतरण गर्ने क्रममा पांग्रा खुस्किएको थियो।

    जहाजमा ७ जना विदेशी र ६ जना नेपाली यात्रु थिए। यात्रुमध्ये ११ जना पुरुष र २ जना महिला रहेको डीएसपी गिरीले बताए। उनका अनुसार सबै यात्रु सुरक्षित छन्।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +


    प्रतिक्रिया

    आजको ट्रेन्डिङ