• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    भारी वर्षाको जोखिमपछि विराटनगर महानगरले विद्यालयलाई दियो २ दिन बिदा

    328
    SHARES



    विराटनगर । अविरल वर्षाका कारण हुन सक्ने सम्भावित जोखिमलाई मध्यनजर गर्दै विराटनगर महानगरपालिकाले दुई दिन विद्यालय बिदा दिएको छ ।

    विराटनगर महानगरपालिका, शैक्षिक प्रशासन महाशाखाले आज र भोलि विद्यालय बन्द गर्ने जानकारी दिएको हो । जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान अनुसार असोज ८ गतेदेखि ११ गतेसम्म देशभर भारीदेखि अति भारी वर्षा हुने सम्भावना रहेको छ ।

    यो अवधिमा नदीनालामा पानीको बहाव बढ्न सक्ने, बस्ती तथा सडकमा डुबान हुन सक्ने र बाटोघाटो अवरुद्ध हुने जोखिम रहेकाले विद्यार्थी तथा सर्वसाधारणको सुरक्षाका लागि विद्यालय बन्द गर्ने निर्णय गरिएको महाशाखाले जनाएको छ ।

    विपद्को अवस्था आएमा सुरक्षित विद्यालय भवनहरूलाई आवश्यकता अनुसार अस्थायी आश्रयस्थलका रूपमा प्रयोग गर्न सक्ने गरी तयारी अवस्थामा राख्न विद्यालय प्रशासनलाई महानगरले आग्रह गरेको छ ।

    पोखरा महानगरपालिकाले पनि वर्षाबाट हुने जोखिमलाई मध्येनजर गर्दै विद्यालयमा २ दिन स्थानीय बिदा दिएको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +


    प्रतिक्रिया

    आजको ट्रेन्डिङ