• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    बिहीबारदेखि टाढा र रातिको यात्रा नगर्न यातायात व्यवसायीको आह्वान

    309
    SHARES



    काठमाडौं । बिहीबारदेखि टाढा र रातको समयमा यात्रा नगर्न यातायात व्यवसायीले आह्वान गरेका छन् ।

    नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघले एक विज्ञप्ति जारी गर्दै बिहीबारदेखि १२ असोजसम्म यातायात सेवा सञ्चालन गर्नुपूर्व बाटोको अवस्था र मौसमबारे अनिवार्य जानकारी लिन आह्वान गरेको छ ।

    साथै अत्यावश्यक नपरेसम्म टाढाको यात्रा नगर्न महासंघले सबैलाई आग्रह गरेको छ । बिहीबारदेखि रातिको समयमा पनि यात्रा नगर्न समेत महासंघले आह्वान गरेको छ ।

    यसअघि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सरोकारवालालाई यस्तो अनुरोध गरिसकेको छ । सोही अनुसार यातायात सञ्चालन गर्न महासंघले आफ्नो सदस्यहरुलाई सचेत गराएको छ ।

    यस साता अविरल वर्षा हुने र यसले सडकमा बाढी तथा पहिरोको जोखिम हुने भन्दै सरकारले सबैमा सचेत हुन भनेको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +


    प्रतिक्रिया

    आजको ट्रेन्डिङ