• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    मुख्य समाचार राजनीति

    सुदुरपश्चिमका गाउँ-गाउँमा प्रहरी परिचालन, जनतालाई आतंकित पार्न थालेपछि नेकपाले गर्‍यो यस्तो अपिल

    19.4K
    SHARES



    अछाम । सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा ओली सरकारले व्यापक प्रहरी परिचालन गरेको खबर आएको छ । बिद्रोही नेकपाका नेता कार्यकर्ताले जनपरिचालन लगायतका कार्यक्रम गर्दै गएको र पार्टीको आन्तरिक अभियान संचालन गरेको भन्दै दमन गर्ने उदेश्यका साथ प्रहरीले  गाउँ-गाउँमा अप्रेशन गरेको स्थानीयले बताएका छन् ।

    नेकपाले पार्टी संगठन बिस्तारलगायतका गतिबिधि बढाएपछि सत्तारुढ दललाई बढी टाउको दुखाइ भएको छ । सरकारले नेकपामाथि प्रतिबन्ध लगाएर शहरमा राजनीतिक गतिबिधि, भेला सम्मेलन गर्न नदिएपछि नेकपा गाउँ-गाउँमा अभियान लिएर अगाडि बढेको थियो ।

    पछिल्लोसमय सत्तारुढ नेकपाभन्दा बिद्रोही नेकपाले पार्टीलाई सुदृढ र ब्यबस्थित गर्दै आफ्नै जनसरकार मार्फत जनताका मुद्दामामिला समेत हेर्ने र समस्या समाधान गर्नेसम्मका गतिबिधि अगाडि बढाउन थालेपछि सरकारी नेकपाकै जोडबलमा सरकारले प्रहरी परिचालन गरेको बुझिएको छ ।

    सरकारद्वारा परिचालित प्रहरीले गाउँ-गाउँमा स्थानीयवासीलाई आतंकित पार्दै धम्क्याउने, अनावश्यक खानतलासी गर्ने, धरपकड गर्ने जस्ता क्रियाकलाप गर्न थालेपछि नेकपाले त्यस्ता हर्कत रोक्न सरकारलाई आग्रह गरेको छ । पार्टीका सेती महाकाली ब्युरो इञ्चार्ज निर्माणले सोमबार एक बिज्ञप्ति जारी गर्दै सरकारले धरपकड र दमन तत्काल नरोके प्रतिरोध गर्ने चेतावनी दिएका छन् ।

    ब्युरो इन्चार्ज निर्माणले जारी गरेको बिज्ञप्तिमा सरकारी दमनको प्रतिकार गर्न आम नेपाली जनतालाई आव्हान गरिएको छ । उनले विज्ञप्तिमा सत्तारुढ नेकपाका नेताहरु भिमबहादुर रावल र लेखराज भट्टको निर्देशनमा सुदूरपश्काचिमका विभिन्न जिल्लामा प्रहरी परीचालन गरी गैरकानुनी गिरफ्तारी, धरपकड र दमन गर्नुका साथै जनतामाथि आतंक मच्याएको भन्दै आपत्ति जनाएका छन् ।

    उनले कैलाली जिल्लाको चुरेक्षेत्रमा संयुक्त सुरक्षाफौज परिचालन गरिएकोमा आपत्ति जनाउँदै बिज्ञप्तिमार्फत ब्यापक मात्रामा परिचालित सुरक्षाफौज फिर्ता गर्न, झुट्ठा मुद्दा लगाएर बन्दी बनाइएका नेकपाका नेता तथा कार्यकर्तालाई बिनाशर्त रिहा गर्न माग गरेका छन् ।

    साथै निर्माणले गैरकानुनी गिरफ्तारी र राज्य आतंक तत्काल बन्द नगरे आफ्नो पार्टी सरकारी दमनको प्रतिरोध गर्न बाध्य हुने चेतावनी पनि दिएका छन । यता संचार केन्द्रका कालिकोट संवाददाताले जनाए अनुसार कालिकोटको नरहरीनाथ गाउँपालिकाको रुप्सा, माल्कोट, लालु र कुमालगाउँमा पनि ब्यापक सेना र प्रहरी परिचालन गरिएको छ ।

    प्रहरीले रातिमा गाउँ-गाउँ पसेर सर्च गर्ने र स्थानीयवासीलाई त्रसित बनाउने गरेको छ । विप्लव नेतृत्वको नेकपाका कार्यकर्ता रहेको सूचनाका आधारमा आएको भन्दै रातिमा सुतिरहेका स्थानीयलाई ब्युझाउदै सर्च गर्ने, अनाबस्यक सोधपुछ गर्ने गरेको हाम्रा संवाददाताले बताएका छन् ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया