• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    मुख्य समाचार राजनीति

    सुकेधारा बम विष्फोटका घाइते श्रेष्ठको निधन, पशुपतिमा अन्त्यष्टी गरियो

    14.8K
    SHARES



    काठमाडौं । शनिबार बिहान ओम हस्रापिटलमा निधन भएका नेकपा कार्यकर्ता रामकुमार श्रेष्ठको शनिबार पशुपति अर्याघाटमा अन्त्यष्टी गरिएको छ । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आह्वान गरेको नेपाल बन्दको पूर्वसन्ध्यामा जेठ १२ भएको विस्फोटका घाइते श्रेष्ठको चावहिलस्थित ओम अस्पतालमा उपचार निधन भएको हो ।

    रामेछाप मन्थली नगरपालिका–४ निवासी रामकुमार श्रेष्ठको शनिबार विहान उपचारको क्रममा निधन भएको थियो । श्रेष्ठ पनि नेपाल कम्युनिष्ट पार्टीका जिम्मेवार कार्यकर्ता थिए । शनिबार गरिएको अन्त्यष्टीमा परिवारको साथै समर्थक र शुभचिन्ताको उपस्थिति थियो ।

    सुकेधारास्थित छाेटे ठाकुरकाे सैलुनमा भएको बम बिस्फोटमा परि गम्भीर घाइते भएका श्रेष्ठको ओम हस्पिटलकाे आइसीयुमा उपचार भईरहेकाे थियो । उक्त घटनामा घाइते अरु २ जना सुरेन्द्र महर्जन र हरि खड्काकाे पनि ओम हस्पिटलमै उपचार भईरहेकाे छ ।

    शुरुमा नाम र पहिचान नखुले पनि तत्काल उपचार गरिहाल्नु पर्ने भएकाले xyz नाम दिएर उपचार थालिएकाे थियाे । x नाम दिएका पहिचान नखुलेका यिनै रामेछापका रामाुमार श्रेष्ठ थिए । त्यस्तै Y र Z नाम दिइएका क्रमश सुरेन्द्र महर्जन र हरि खड्का ओम हस्पिटलमा उपचार गराइरहेका छन् ।

    रामकुमारकाे उपचारमा संलग्न डाक्टरका अनुसार बमकाे छर्राले टाउकाे, छात्ती र खुट्टामा गम्भीर चाेट लागेको थियो । १२ गतेदेखि नै रामकुमार सम्पर्कमा नआएपछि उनका आफन्त हस्पिटल श्राेतकाे सुचनाका आधारमा ओम हस्पिटल पुगेका थिए ।

    सुकेधाराकाे विस्फाेटमा दाङका गाेकुल रानामगर, कालिकाेटका दिपेन्द्र विक र बाग्लुङका निरन्तर मल्ल मृत्यु भएकाे थियाे । यस्तै नेकपाका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’ले काठमाडौं बम विस्फोटमा परी यस अघि मृत्यु हुने चार जनासहित भोजपुरमा प्रहरीले हत्या गरेका तीर्थराज घिमिरेलाई शहिद घोषणा गरिसकेका छन् ।

    नेपाल कम्युनिष्ट पार्टी निर्माणपछि कालिकोट, कैलाली, भोजपुर र काठमाडौँमा गरी ८ जनाले ज्यान गुमाइसकेका छन् । यस्तै नख्खुस्थित एनसेल मुख्यालयमा भएको बिस्फोटमा परि एक जनाको ज्यान गएको थियो । पछिल्लो समय ओली सरकारले नेकपालाई राजनीतिक प्रतिबन्ध लगाएपछि देशमा जबर्जस्ती द्वन्द बढ्ने खतरा देखिएको छ ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ