• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    मुख्य समाचार राजनीति

    कास्कीमा नेकपाका २२ नेता कार्यकर्ता मध्यराति प्रहरीको घेराबन्दीमा, यस्तो छ पछिल्लो अवस्था

    26.7K
    SHARES



    काठमाडौँ  । कास्कीमा नेपाल कम्युनिष्ट पार्टीका नेता कार्यकर्तालाई प्रहरीले घेरा हालेर गिरफ्तार गर्ने तयारी गरिरहेको छ । अखिल क्रान्तिकारी कास्की जिल्ला समितिको बैठक बसिरहेको सुचनाका आधारमा जिल्ला प्रहरी कास्कीबाट गएको प्रहरी टोलीले उनीहरुलाई उनीहरुलाई घेरा हालेको हो हो ।

    क्रान्तिकारीका गण्डक ब्यूरो संयोजक मिलन राइले सञ्चार केन्द्रलाई टेलिफोनमा दिएको जानकारी अनुसार ठुलो संख्यामा आएको प्रहरीले अन्नपूर्ण गाउँ पालिकाको वार्ड न ११ घान्द्रुकमा नेकपा कास्कीका जिल्ला सेक्रेटरी आक्रोशसहित २२ जना बिद्यार्थी नेता कार्यकर्तालाई घेरा हालेर गिरफ्तार गर्न खोजिरहेको छ ।

    बैठकमा सहभागी अखिल क्रान्तिकारी गण्डकका संयोजक मिलन राई, कास्कीका जिल्ला अध्यक्ष काजि गुरुङ्ग, पृथ्वी नारायण क्याम्पस जिल्ला अध्यक्ष प्रकाश बास्तोला र अन्य २२ जना जिल्ला सदस्यहरुलाई घेरा हालेको छ ।

    मिलन राइले सञ्चारकेन्द्र संग भने-“स्थानीय आमा समुहले प्रहरीको प्रतिकार गरिरहेका छन् तर प्रहरीले हामीलाई जसरी पनि गिरफ्तार गर्ने उदेश्यले थप फोर्स बढाएर गाउँ नै घेराबन्दी गर्दै चारै तिरबाट हामीहरु भएको तिर आइरहेको छ ।”

    घटनाको पुष्टी गर्दै जिल्ला प्रहरी कार्यालय कास्कीले शनिबार दिनभर घान्द्रुकमा नेकपाका नेता कार्यकर्ताहरु जम्मा भएर बैठक गरिरहेको सुचना पाएपछि प्रहरी दिउसो ४ बजे नै उक्त स्थान तिर गएको जनाएको छ ।

    सरकारले प्रतिबन्ध लगाएपछि पछिल्लोपटक नेकपाका नेता कार्यकर्तालाई शहरमा मात्र हैन गाउँ-गाउँमा पनि राजनीतिक गतिबिधि गर्न नदिने गरी प्रहरीले अबरोध गर्ने गरेको छ ।

    यस्तै प्रहरीले नेकपाका घाइते कार्यकर्ताको उपचारमा समेत अबरोध गरेर निकै अमानवीय व्यबहार गरेको समेत नेकपाले आरोप लगाएको छ । शुक्रबार पार्टीका प्रबक्ता प्रकाण्डले एक प्रेस बिज्ञप्ति जारी गरेर त्यस्तो दाबी गरेका हुन् ।

    आफ्ना घाइते कार्यकर्ताको उपचारमा प्रहरीले अबरोध गरेको भन्दै प्रवक्ता प्रकाण्डले प्रहरीको यस प्रकारको हर्कतले आफ्नो पार्टीको गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।

    विज्ञप्तिमार्फत विरामीलाई भयभित पारेर उपचारमै अवरोध गरिरहेको ओली–बादल गृह प्रशासनलाई त्यसो नगर्न चेतावनी दिइएको छ । ओली-बादलको गृह प्रशासनले जेठ ७ गते राजनीतिक कार्यक्रममा हिडिरहेका हाम्रो पार्टीका युवा कमरेड तिर्थ घिमिरे ‘राजु’लाई निशस्त्र अवस्थामा गिरफ्तार गरेर पार्टी पंक्ति र जनसमुदायलाई तर्साउने र राजनीतिक वातावरण उत्तेजित पार्ने उद्देश्यले हत्या गरेको समेत आरोप लगाइएको छ ।

    विज्ञप्तिमा भनेइको छ- ‘त्यसप्रकारको सरकारी अपराधको विरुद्ध पार्टीले जेठ १३ गते आम हड्तालसहितका संघर्षका कार्यक्रमहरु घोषणा गरेको थियो । सो कार्यक्रम सफल पार्ने क्रममा प्राविधिक समस्याको कारण भएका बिस्फोटमा परी घाइते भएका ५ जना कमरेडहरु सहिद मेमोरियल अस्पताल (कलंकी), ट्रमा सेन्टर (रत्नपार्क) र ओम अस्पताल (चावहिल) काठमाडौंमा उपचार गराइरहनु भएको छ । तर फासिष्ट दलाल सरकारको गृहप्रशासनले घाइतेका आफन्तलाई सहज रुपमा भेट्न नदिने, तर्साउने, अवरोध गर्ने, विरामीलाई ‘एम्बुस’को रुपमा प्रयोग गर्ने, कुरुवालाई दुःख दिने, विरामीलाई भयभित पारेर उपचारमै अवरोध गरिरहेको छ । हाम्रो पार्टी त्यस व्यवहारको निन्दा गर्दछ ।’

    विज्ञप्तिमार्फत प्रवक्ता प्रकाण्डले त्यसप्रकारको ज्यादती तत्काल नरोके कडा संघर्षमा उत्रने चेतावनी दिँदै यस्तो अवस्थामा सरकारी ज्यादती रोक्नकोलागि आवश्यक कदम चाल्न सबै अधिकारकर्मी, नागरिक समाज र न्यायप्रेमी जनसमुदायमा समेत अपिल गरेका छन् ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ