• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    राजनीति

    गृहमन्त्री बादलको निशानामा नेकपा उपत्यका इन्चार्ज माइला लामा, प्रहरीलाई दिए यस्तो गोप्य निर्देशन

    22.4K
    SHARES



    काठमाडौं । गत जेठ १२ गते काठमाडौँ उपत्यकामा भएका ठूलठूला चरणबद्ध बम विस्फोटपछि गृहमन्त्री रामबहादुर थापा बादलले विद्रोही नेपाल कम्युनिष्ट पार्टीका उपत्यका इञ्चार्ज माइला लामालाई गिरफ्तार गर्न गोप्य सर्कुलर जारी गरेको खुलासा भएको छ ।

    उपत्यकामा भएका बम विस्फोटको नेतृत्व नेता लामाले नै गरेको अनुमान लगाउदै गृहमन्त्री बादलले जुनसुकै हालतमा खोजेर उनलाई गिरफ्तार गर्न गोप्य सर्कुलरसहित निर्देशन जारी गरिएको स्रोतले बतायो । गृहमन्त्री बादलको निर्देशनपछि प्रहरीले नेता लामालाई खोज्न व्यापक अपरेशन चलाउन सक्ने अनुमान गरिएको छ ।

    माओवादी नेतृत्वको जनयुद्धकालदेखि नै जनवादी गायकका रुपमा परिचित माइला लामा तत्कालीन माओवादीको जनसांस्कृतिक महासंघका बरिष्ठ नेता हुन् । उनको आफ्नै रचना, संगीत र स्वरका थुप्रै गीतहरु गाउँबस्तीमा गुन्जिने गर्थे । लामाका फ्यानहरु अहिले पनि फुटेर छुट्टाछुट्टै भएका थुप्रै माओवादी घटकहरुमा अहिले पनि छन् ।

    दशबर्षे जनयुद्धका बेला लामा जनवादी गीतहरु आउने र लेख्ने समेत गर्दथे । शान्तिप्रक्रियापछि समेत उनले थुप्रै गीतहरु गएका र लेखेका छन्  पार्टी शान्ति प्रक्रियामा आएपछि उनले शहरमा मोर्चा सम्हालेका थिए ।

    २०६४ मा उनी काठमाडौंबाट निर्वाचनमा समेत उम्मेदवार भएका थिए । लामाले तत्कालिन माओवादीका लागि कयन गीतहरू लेखेका छन् भने सांस्कृतिक कार्यक्रमको नेतृत्व पनि गरेका थिए । एकीकृत माओवादी विभाजन भएपछि लामा मोहन वैद्य हुँदै विप्लव नेतृत्वको नेकपामा पार्टीको केन्द्रीय समितिको अलावा जनसास्कृतिक महासंघको अध्यक्ष समेत हुन् ।

    माओवादी आन्दोलनमा मात्र नभएर लामा नेपालको कम्युनिष्ट आन्दोलनकै सास्कृतिक इतिहासमा एक प्रतिभाशाली योद्धाका रुपमा स्थापित भएका नेता हुन् । उनलाई रुचाउने लाखौ फ्यानहरु नेपाल भित्र मात्र नभएर देश बाहिर पनि छन् ।

    उनलाई अहिलेका गृहमन्त्री राम बहादुर थापाले पनि निलाई रुचाउने गर्छन् । लामाका गीत संगीत गुनगुनाउँदै एकै युद्धका सारथी बनेका गृहमन्त्री थापाले अहिले उनैलाई टार्गेट गर्दै गोप्यरुपमा सर्च अपरेशन चलाउन निर्देशन दिनुलाई राजनीतिक विश्लेषकहरु हास्यास्पद कदमका रुपमा विश्लेषण गरेका छन् ।

    गत जेठ १२ गते नेपाल बन्दको पूर्वसन्ध्यामा उपत्यमा एकै समयमा चरणबद्ध बिस्फोट भएको थियो । उक्त विस्फोटमा परेर नेकपाका जनमुक्ति सेनाका १ कमाण्डरसहित ४ जनाको ज्यान गएको थियो । ५ जना अझै घाइते छन् ।

    यसैबीच बिद्रोही नेपाल कम्युनिष्ट पार्टीले पदम राईलाई पार्टीबाट निष्काशन गरेको छ । आइतबार पदम राईले बिद्रोही नेकपा छोडेर सत्तारुढ नेकपा प्रवेश गरेपछि पार्टी प्रवक्ता प्रकाण्डले आइतबार एक विज्ञप्ति जारी गर्दै पदम राईलाई साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्कासन गरिएको जानकारी दिएका छन् ।

    ‘रूपान्तरण र उपचारको अथकप्रयास गर्दागर्दै असम्भव भएपछि र पार्टी नीति र कार्यक्रमको विरुद्ध गएपछि गत स्थायी समिति बैठकले निलम्बन गरेका पदम राई झनै बढी पार्टीकाविरुद्ध अन्तर ध्वंस र अपराधपूर्ण कार्यमा संग्लन भएको विज्ञप्तिमा उल्लेख छ ।

    प्रकाण्डले विज्ञप्तिमा भनेका छन्, ‘रूपान्तरण र उपचारको अथकप्रयास गर्दागर्दै असम्भव भएपछि र पार्टी नीति र कार्यक्रमको विरुद्ध गएपछि गत स्थायी समिति बैठकले निलम्बन गरेकापदम राई झनझन पार्टीका विरुद्ध अन्तर ध्वंस र अपराधपूर्ण कार्यमा संलग्न भएकाले पार्टी साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरिएको छ ।’

    प्रकाण्डले विज्ञप्तिमा भनेका छन्, ‘क्रान्तिको कठिन तर महान् प्रक्रियामा टिक्न नसकेका कैयौँ कचराहरू पलायन हुने क्रान्तिको अनिवार्य नियमहो र हाम्रो पार्टीका सन्दर्भमा पनि त्यो त्यत्तिकै सत्य हो ।’

    विज्ञप्तिमा पार्टीबाट पलायन भएर, कारबाहीमा परेर सामाजिक दलाल पुँजीपति सरकारको मतियार बनेका तत्वहरूको भ्रममा नपर्न तथा सचेत रहन सम्पूर्ण पार्टी पङ्क्ति र जनसमुदायमा अपिल समेत गरिएको छ ।

    विज्ञप्तिमा भनिएको छ, ‘नेपालका सर्वहारा वर्ग, श्रमिकतथा उत्पीडित जनसमुदायको अग्रदस्ता हाम्रो गौरवशाली पार्टी नेपाल कम्युनिस्ट पार्टीको नेतृत्वमा राष्ट्रियता, जनतन्त्र र जनजीविकाका पक्षमा वैज्ञानिक समाजवादीक्रान्तिनिरन्तर अगाडि बढिरहेको छ । यो भीषण र पेचिलो सङ्घर्ष पुँजीपतिवर्ग र सर्वहारा वर्गकाबीचको दुई विश्वदृष्टिकोणको लडाइँ पनि हो ।’

    ‘यो लडाइँमा सामाजिक दलाल फासिवादी वली–प्रचण्ड मण्डलीको सरकारले दमनका सबै हर्कत जारी राखेको छ । तरयो दलाल पुँजीपतिवर्गको प्रतिनिधि सरकार जनताबाट अलग–थलग बन्दै गएको छ ।’ अगाडि भनिएको छ, ‘पार्टीबाट पलायन भएर, कारबाहीमा परेर सामाजिक दलाल पुँजीपति सरकारको मतियार बनेका तत्वहरूको भ्रममा नपर्न तथा सचेत रहन सम्पूर्ण पार्टी पङ्क्ति र जनसमुदायमा अपिल गरिन्छ ।’

    राई आइतबार नै सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रवेश गरेका छन् । पूर्वराज्यमन्त्री समेत रहेका राईलाई पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, महासचिव विष्णु पौडेल र गृहमन्त्री रामबहादुर थापा बादलले पार्टी प्रवेश गराए ।

    पार्टी प्रवेशपछि राईले आफू सुरक्षा खोज्दै नेकपामा नआएको दाबी गरे । एकीकृत जनक्रान्तिका नाममा आफू विप्लव नेतृत्वको नेकपामा आवद्ध भएको, तर पछिल्लो समय पार्टीको गतिविधिले मन नछोएको बताए ।

    हिजो सशस्त्र द्वन्द्वमा १७ हजार मान्छे गुमाएको भन्दै उनले अब फेरि त्यस्तो नहोस् भन्ने चाहेको बताए । उनले भने, ‘त्यही क्रममा मैले वार्ताको पहल गरेँ । सोमप्रसाद पाण्डे हुँदै नेकपाको नेतृत्वलाई भेटेँ ।’

    त्यो भेटमा आफूहरुले बाहिरबाट सोचेको जस्तो होइन रहेछ भन्ने लागेपछि नेकपामा आएको उनले बताए । राईले भने, ‘बदला त लिन सकिएला, तर राष्ट्रलाई फाइदा हुँदैन भन्ने मैले बुझेँ ।’

    भोजपुरको बोया घर भएका राई जनयुद्धकाल अघिदेखि नै माओवादीमा संगठित थिए । पहिलो संविधानसभा निर्वाचनमा भोजपुर क्षेत्र नम्बर १ बाट प्रत्यक्ष चुनाव जितेर उनी भौतिक योजना तथा निर्माण राज्यमन्त्रीसमेत बनेका थिए ।

    एकीकृत नेकपा माओवादी विभाजन भएपछि उनी मोहन वैद्य नेतृत्वको तत्कालीन नेकपा माओवादीमा लागेका थिए । वैद्यको पार्टी पनि फुटेपछि उनी विप्लव नेतृत्वको नेकपामा लागेका थिए ।

    गत निर्वाचनमा हाल प्रदेश १ का मुख्यमन्त्री शेरधन राईलाई बम प्रहार गरेको आरोपमा प्रहरीले पक्राउ समेत गरेको थियो । तर, अदालतको आदेशमा उनी रिहा भए ।  जेठ १५ गते गणतन्त्र दिवसको दिन संविधानसभा पदक वितरण समारोहमा उनी सहभागी भएका थिए ।

    उनी सत्तारुढ निकपाका नेताहरुसँग निरन्तर सम्पर्कमा थिए । यहीबीचमा उनले एक सञ्चार माध्यममा सरकारसँग वार्ता जारी रहेको र त्यो सकारात्मक ढंगले अघि बढेको प्रतिक्रिया दिएका थिए । त्यसपछि पार्टी नीतिविपरीत बोलिएको भन्दै उनलाई निलम्बन गरिएको थियो ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ