• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    मुख्य समाचार राजनीति

    नेता कार्यकर्ताको गिरफ्तारीप्रति युवा सङ्गठनको आपत्ति, तत्काल रिहा गर्न अध्यक्ष जंगलीको माग

    6.3K
    SHARES



    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीको युवा दस्ता युवा सङ्गठन नेपाल नेपाल बन्दको पूर्वसन्ध्यामा गिरफ्तार परेका आफ्ना नेता कार्यकर्ताको रिहाइको माग गरेको छ ।

    सङ्गठनका अध्यक्ष पाटन जंगलीले मंगलबार एक विज्ञप्ति जारी गर्दै आफ्ना केन्द्रिय सदस्य राकेस श्रेष्ठ लगायतलाई बिनाकारण गिरफ्तार गरेको भन्दै घोर भ्रत्सर्ना गरेका छन् ।

    केपी ओली नेतृत्वको सरकारले आफ्ना संगठनका सदस्य राजुको गोलि हानी हत्या गरेको बिरोधमा आयोजना गरिएको नेपाल बन्दको पुर्ब सन्ध्यामा संगठनका केन्द्रिय सदस्य राकेस श्रेष्ठ लगायत बुद्धिराम पुन, बुद्धी बहादुर सुनुवार,. तेजबहादुर मोक्ताङ, चित्रकमल ओलि, डम्मर बहादुर तामाङ र तेजराज काफ्लेलाई बिनाकारण गिरफ्तार गरेको भन्दै बिरोध जनाएका छन्।

    पार्टीको घोषित कार्यक्रमअन्तर्गत नै आइतबार साँझ मसाल जुलुसको तयारी गरीरहेको अवस्थामा बादल गृह प्रशासनले धरपकड गरी बम सहित समातेको भन्दै गलत र मिथ्या आरोप लगाएको विज्ञप्तिमा उल्लेख छ । हतियारसहित गिरफ्तार गरिएको आरोप मिथ्य भएको भन्दै अध्यक्ष जंगलीले आफूहरुमाथि दमन गर्ने उदेश्यले यस्तो हौवा पिटिएको बताएका छन् ।

    ‘कथित दलाल  संसदीय ब्यवस्था र त्यसको गृह प्रशासनले हाम्रो संगठनका सदस्य कमरेड राजुको गोली हानी हत्या गरेको बिरोधमा आयोजित नेपाल बन्दको पूर्बसन्ध्यामा हाम्रो संगठनका केन्द्रिय सदस्य क. राकेस श्रेष्ठ लगायत क. बुद्धीराम पुन, क. बुद्धी बहादुर सुनुवार, क. तेजबहादुर मोक्तान, क. चित्रकमल ओली क. डम्मर बहादुर तामाङ र क. तेजराज काफ्लेलाई बिनाकारण गिरफ्तार गरिएकोप्रति हाम्रो संगठन घोर भ्रत्सर्ना गर्दछ ।’ विज्ञप्तिमा भनिएको छ ।

    गैरन्यायिक थुनामा राखिएका राकेशसहित सङ्गठन र पार्टीका सबै नेता कार्यकर्तालाई तत्काल रिहा गर्न उमाले माग गरेका छन् । साथै बिभिन्न प्रपञ्च रचेर आफ्ना नेता कार्यकर्तालाई गिरफ्तार गर्ने र अनाहकमा झुटा मुद्दामा फसाउने षडयन्त्र बन्द गर्न उनले   गृहमन्त्री बादललाई चेतावनी दिएका छन् ।

    आफूहरुले भ्रष्टाचार, शोषण, हत्याहिंसा, बलात्कार र सबै प्रकारका शोषणरहित समाज चाहेको र यस्तै खराब तत्वहरु तथा भ्रष्टाचार बिरुद्ध आफूहरुले जारी राखेकोअभियानबाट अतालिएर ओली सरकार चरम दमनमा उत्रिएकाे विज्ञप्तिमा उल्लेख छ ।

    अध्यक्ष जंगलीले यहि अभियानमा लागिपरेको अवस्थामा आइतबार साँझ बम विस्फोटनमा परी शहादत प्राप्त गर्ने महान, दिपेन्द्र, प्रज्वल र निरन्तरप्रति उच्च सम्मान प्रकट समेत गरेका छन् ।

    नेकपा आइतबारको बम विस्फोटमा परेर ज्यान गुमाउने ४ जनासहित भोजपुरमा प्रहरीले गोली हानी हत्या गरेका कार्यकर्ता तिर्थराजलाई समेत शहिद घोषणा गरिसकेको छ । सोमबार पार्टी महासचिव विप्लवले महान, दिपेन्द्र, प्रज्वल, निरन्तर र तिर्थलाई शहिद घोषणा गरेका हुन् ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ