• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    मुख्य समाचार राजनीति

    सुदर्शनलाई छोड्ने पक्षमा उभिएन सर्बोच्च, बन्दी प्रत्येक्षीकरणको रिट खारेज

    6.6K
    SHARES



    काठमाडाै । बिद्रोही नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य तथा मध्य कमाण्ड इन्चार्ज हेमन्त प्रकाश ओली ‘सुदर्शन’ लाई सर्बोच्च अदालतले रिहा नगर्ने निर्णय गरेको छ ।

    सर्वोच्च अदालतले नेता सुदर्शनकी छोरीले दिएको बन्दीप्रत्येक्षीकरणको रिट खारेज गरिदिएपछि उनलाई नछोड्ने अदालतको नियत प्रष्ट भएको छ ।

    बुधबार सर्वोच्च अदालतका न्यायाधीशद्वय अनिलकुमार सिन्हा र टंक मोक्तानको संयुक्त इजलासले सुदर्शनकी छोरी विपनाले दिएको बन्दीप्रत्येक्षीकरण रिट खारेज गर्ने फैसला गरेको हो। यसअघि ओलीलाई बुधबार नै सर्वोच्च उपस्थित गराइएको थियो।

    विपनाले चैत १३ गते आफ्ना बुवालाई प्रहरीले गैरकानुनी थुनामा राखेकाले थुनामुक्त गर्न आदेश माग गर्दै सर्वोच्च अदालतमा रिट दिएकी थिइन्।

    नेकपा नेता सुदर्शनसहित ९ जनालाई गत चैत ९ गते प्रहरीले काभ्रेको खानीखोला गाउँपालिका-४ बरूणबेसीबाटबाट गिरफ्तार गरेर ललितपुर ल्याएको थियो । नख्खु बिस्फोटको जिम्मेवारी लिएसँगै प्रहरीको सर्वाधिक खोजीमा सुदर्शनलाई महानगरीय प्रहरी अपराध महाशाखा विशेष ब्युरो र काभ्रेको प्रहरी टोलीले गिरफ्तार गरेको थियो ।

    प्राइभेट जिपमा काठमाडौं आउने क्रममा प्रहरीले चेकजाँच गर्दा उनीसहित धर्म राजबाहक, रामकृष्ण खतिवडा, शंकर अधिकारी, विजय श्रेष्ठ, ललित तामाङ, सञ्जीव कार्की, देव घिमिरे र लोकेन्द्र खड्का पनि गिरफ्तार परेका थिए।

    गिरफ्तार परेका सबै नेता कार्यकर्तालाई प्रहरीले नख्खुमा एनसेल टावरमाथि भएको बम बिस्फोटको घटनामा संलग्न रहेको भन्दै हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ । नख्खुमा बम बिस्फोट भएकै दिन कमलपोखरीको आँगन मिठाइ पसल अगाडि रिमोट कन्ट्रोल बम राखिएको थियो।

    सेनाले डिस्पोज गरेका कारण त्यहाँ भेटिएको बम बिस्फोट हुन पाएको थिएन। त्यसपछि वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहन गुरुङको सामाखुसीस्थित घरमा बम बिस्फोट गराइएको थियो। यी सबै घटनामा सुदर्शनको हात रहेको प्रहरीले दाबी गरेको छ।

    यसअघि विभिन्न जिल्लामा पनि प्रहरीले नेकपाका नेता कार्यकर्तामाथी धरपकड गर्ने र गिरफ्तार गर्ने काम जारी राखेको थियो । सिन्धुपाल्चोक, रोल्पालगायतका जिल्ला अदालतले कतिपयलाई धरौटीमा त कतिपयलाई सामान्य तारेखमा रिहा गरेको छ।

    यसैबीच सुदर्शनसहित देशभरबाट गिरफ्तार परेका नेकपा नेता कार्यकर्ताको रिहाइ र प्रतिबन्ध फिर्ता लिन माग गर्दै उक्त पार्टीले चरणबद्ध आन्दोलनको घोषणा गरेको छ ।

    पार्टी महासचिव विप्लवले सोमाबर २ पेज लामो विज्ञप्ति सार्वजनिक गर्दै बैसाख ६ गतेदेखि केपी ओली सहभागी हुने देशका विभिन्न भागका कार्यक्रमहरुमा वन्दको आयोजना गरी सामाजिक दलालहरुलाई प्रतिवन्धीत गर्ने उद्घोष गरेका छन् ।

    नेपाल कम्युनिष्ट पार्टी नेपाली जनता जनयुद्ध एवं आन्दोलनको उपलब्धीहरुको हकदार, शान्ति, वार्ता र सम्झौताको नाममा देश, जनता र क्रान्तिलाई भएको धोकाको प्रतिवाद गर्ने पार्टी र एकीकृत जनक्रान्तिको कार्यदिशा मार्फत नेपाली क्रान्तिलाई अगाडि बढाईराखेको पार्टी भएकोले यसलाई नजिस्काउन उनले चेतावनी समेत दिएका छन् ।

    विप्लवले भनेका छन्- ‘इतिहासमा जनआन्दोलन र जनयुद्धमा देश र नेपाली जनतामाथि घात, धोका, वेइमानी, छलकपट र अपराधको प्राय केपी पिके गिरोह र केपी सरकारले हाम्रो पार्टी एकीकृत जनक्रान्ति र नेपाली जनतालाई नजिस्क्याउन चेतावनी दिन्छ ।’

    ओली सरकारको फाँसीवादी दमनको नेपाली जनतासहित आफ्नो पार्टीले शक्तिशाली प्रतिवाद गर्ने र त्यसबाट निस्कने भयवह परिणामको जिम्मेवार केपी पिके गिरोह र ओली सरकार हुने उनको चेतावनी छ ।

    संघर्षका कार्यक्रम अन्तर्गत चैत्र २६ देखि २९ गतेसम्म प्रतिवन्ध विरुद्ध पर्चा वितरण र भण्डाफोर गर्ने, वैशाख २ गते कोण सभा, वैशाख ३ गते अन्तरक्रिया, वैशाख ४ गते मशाल जुलुस र ५ गते नेपाल बन्दको आयोजना गरिएको छ । त्यस्तै वैशाख ६ गतेबाट केपी ओली सहभागी हुने देशका विभिन्न भागका कार्यक्रमहरुमा वन्दको आयोजना गरी सामाजिक दलालहरुलाई प्रतिवन्धीत गर्ने विज्ञप्तिमा उल्लेख छ ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ