• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    मुख्य समाचार राजनीति

    नेकपा स्थायी समिति सदस्य सुदर्शनसहित ९ जनालाई १५ दिनको म्याद थप

    4.9K
    SHARES



    काठमाडौं । महासचिव विप्लवका बलिया खम्बा मानिएका नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य तथा मध्यकेन्द्रीय कमान्ड इन्चार्ज हेमन्तप्रकाश ओली ‘सुदर्शन’ सहित ९ जनालाई प्रहरीले अदालतमा उपस्थित गराएको छ । आइतबार सुदर्शनसहित ९ जनालाई जिल्ला अदालत ललितपुरले १५ दिनका लागि म्याद थप गरेको हो ।

    सुदर्शनका तर्फबाट बरिष्ठ अधिवक्तासहित ६ जना अधिवक्ताले थुनछेक बहस गरेका छन् । सुदर्शनसहित ९ जनाबिरुद्ध संगठित अपराध, राज्य विरुद्धको अपराध, हातहतियार र खरखजाना र बम विस्फोटको मुद्दा लगाइएको छ ।

    सुदर्शनसहित गिरफ्तार गरिएकाहरुलाई नेकपाका केन्द्रीय सदस्य तथा पूर्वी तामसालिङ ब्युरो इन्चार्ज विजय श्रेष्ठ, रामकृष्ण खतिवडा, शंकर अधिकारी, ललित तामाङ, सञ्जीव कार्की, देव घिमिरे, धर्मराज राजबाहक, र लोकेन्द्र खड्कालाई पनि सोही मुद्दा लगाएको छ ।

    सुदर्शन नेकपाको केन्द्रीय स्कुलीङ विभागका प्रमुख समेत हुन् । प्रहरीले उनीहरुलाई यही चैत ९ गते बिहान काभ्रेबाट गिरफ्तार गरेको थियाे । सुदर्शन गिरफ्तारीको वामपन्थी शक्ति, बुद्धिजीवी, लोकतान्त्रिक शक्ति, देशभक्त शक्ति, कलाकारहरुले चौतर्फी विरोध गर्दै आएको छ ।

    नेकपा नेता कार्यकर्तालाई जहाँ भेट्यो त्यहि समात्न आदेश पाएपछि प्रहरीलाई अहिले हम्मेहम्मे परेको छ । नेकपाका पूर्णकालिन कार्यकर्ता भेट्न नसके पनि प्रहरीले समर्थक, शुभचिन्तक जनता र जबस मोर्चाका नेता कार्यकर्ताहरुलाई भने भकाभक गिरफ्तार गरिरहेको छ ।

    सुराकीको आधारमा नेकपा स्थायी समिति सदस्य तथा मध्य केन्द्रीय कमाण्ड इन्चार्ज सुदर्शनलाई समातेर ठुलै सफलता हात पारेको दावी गर्दै आएको प्रहरीले महासचिव विप्लव गाउँमा पटकपटक सर्च अप्रेशन चलाईरहेको छ ।

    यसैबीच नेपाल कम्युनिस्ट पार्टीका दुई नेता गिरफ्तार परेका छन् । मोटरसाइकलमा हिडिरहेको अवस्थामा स्याङ्जा जिल्ला सेक्रेटरी गोकुल पराजुली र मजदुर महासंघका अध्यक्ष गोविन्द ओलीलाई गिरफ्तार गरेको छ ।

    उनीहरुलाई जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट खटिएको टोलीले पुतलीबजार नगरपालिका १३ स्थित छहरीखोलामा गिरफ्तार गरेको नेकपाले जनाएको छ ।

    दुवै जनालाई राज्य विरूद्धको अपराध र विष्फोटक पदार्थ सम्बन्धी कसूरमा अनुसन्धानका लागि शुक्रबार अदालतबाट तीन दिनको म्याद थप गरिएको जिल्ला प्रहरी कार्यालयले बताएको छ ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ