• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    मुख्य समाचार राजनीति

    विप्लवसँग तत्काल एकता गर्ने विषयमा बैद्यले गरे यस्तो खुलासा

    13.3K
    SHARES



    ????????????????????????????????????

    नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी–माओवादी)का महासचिव मोहन वैद्य ‘किरण’ले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपासँग तत्कालका लागि एकता सम्भव नभएको खुलासा गरेका छन् । वैद्यले  नेकपावसँग पहिले पार्टी एकताको प्रयास गरे पनि त्यो सफल हुन नसकेको बताए।

    ‘पहिले पनि हामीले विप्लवसँग पार्टी एकताको प्रयास गरे पनि त्यो सफल हुन सकेन’, शनिबार बिहान बुटवलमा आयोजित पत्रका सम्मेलनमा महासचिव वैद्यले भने, ‘अहिले तत्कालका लागि एकता सम्भव छैन।’ तर प्रयास भने जारी रहने उनले बताए ।

    महासचिव वैद्यले राजनीतिक विचार बोकेको विप्लव नेतृत्वको नेकपालाई सरकारले प्रतिबन्ध लगाएर गलत गरेको समेत दावी गरे। उनले सरकार राम्रा काममा भन्दा पनि नराम्रा कामममा अग्रसर भएको आरोप लगाए। विप्लवलाई प्रतिबन्ध लगाउनु, सीके राउतसँग राष्ट्रघाती सम्झौता गर्नु र रेशम चौधरीलाई जेल हाल्नुले तिनै काम स्वधभाविक रुपमा नभएको वैद्यको टिप्पणी छ ।

    यसअघि नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य तथा पार्टीका मध्य कमाण्ड इन्चार्ज हेमन्तप्रकाश ओली ‘सुदर्शन’ गिरफ्तार परेपछि बैद्यले एक वक्तव्य जारी गरी गिरफ्तारीको भर्त्सना गरेका थिए ।

    वक्तव्यमा भनिएको छ, “सरकारद्वारा हालै विप्लव नेतृत्वको नेकपाका स्थायी समिति सदस्य हेमन्तप्रकाश ओली सुदर्शन सहित आठ जना कमरेडहरुलाई गिरफ्तार गरिएको प्रकाशमा आएको छ । केही समययता सो पार्टीका नेता तथा कार्यकर्ताहरुलाई पक्राउ गर्ने र यातना दिने क्रम बढ्दै गएको छ । साथै, सो पार्टीमाथि प्रतिबन्ध समेत लगाइएको छ । सरकारको यो फासिवादी व्यवहार निन्दनीय छ । र, हाम्रो पार्टी त्यसको कडा विरोध तथा भत्र्सना गर्दछ ।”

    वक्तव्यमा विप्लव नेतृत्वको नेकपामाथि लगाइएको प्रतिबन्ध फिर्ता गर्न, सो समूहप्रति राजनीतिक व्यवहार गर्न, समस्याको समाधान प्रशासनिक रुपमा होइन वार्ताद्वारा समाधान गर्न र नेता कार्यकर्ता पक्राउ गर्ने तथा यातना दिने कामलाई अविलम्ब रोक्न पार्टीको तर्फबाट सरकारसित जोडदार माग गरिएको छ ।

    नेकपा नेता सुदर्शनलाई प्रहरीले शनिबार बिहान ३ बजे काभ्रेको खानीखोलाबाट गिरफ्तार गरेको थियो । सुदर्शनसहित गिरफ्तार पर्नेमा धर्मराज राजबाहक, रामकृष्ण खतिवडा, शंकर अधिकारी र विजय श्रेष्ठ छन् । त्यस्तै, ललित तामाङ, सञ्जीव कार्की, देव घिमिरे र लोकेन्द्र खड्कालाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरी स्रोतका अनुसार, नियन्त्रणमा लिइएका सबै नेता–कार्यकर्तालाई अहिले काभ्रेबाट काठमाडौं ल्याएर प्रहरी परिसर, जाउलाखेल ललितपुरमा राखेको छ ।

    यसअघि प्रहरीले ओलीलाई नियन्त्रणमा लिन काभ्रेमै सर्च अपरेशन चलाएको थियो । सरकारले नेकपामाथि प्रतिबन्ध लगाएपछि गिरफ्तार हुने सुदर्शन सबैभन्दा माथिल्लो स्तरका नेता हुन् । बुधबार मात्रै प्रहरीले काभ्रेपलाञ्चोक जिल्लाको रोशी गाउँपालिकाको काफलडाँडामा सङ्गठन सुदृढीकरण तथा विस्तार अभियानमा रहेका नेकपाका अभियानकर्मीहरु विशाल तामाङ, नुमबहादुर विक, शिव धिमाल र दीपेन्द्र राईलाई पक्राउ गरेको थियाे ।

    साथै उनले सत्तारुढ नेकपा नामको मात्रैको नेकपा भएको दावी गरे। दुई तिहाईको कम्युनिस्ट नेतृत्वको सरकारले समग्र कम्युनिस्टहरुकै बदनाम गरेको भन्दै उनले सत्तारुढ दलका अध्यक्ष द्वय ओली र प्रचण्डलाई पार्टीको नाम परिवर्तन गर्न सुझाव दिएका छन्। उनले तत्काल पार्टीको नाम फेरेर सोसियल डेमोक्रेटिक पार्टी राख्न ओली र प्रचण्डलाई सुझाव दिए ।

    प्रतिक्रिया