• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    मुख्य समाचार राजनीति

    पूर्वबाट विद्रोही नेकपाका अर्का नेता गिरफ्तार, आफन्त भन्छन्- प्रहरीले बेपत्ता पार्‍यो

    6.1K
    SHARES

    काठमाडौँ । केपी ओली सरकारले विद्रोही नेकपामाथिको दमनलाई व्यापक बनाएको छ । नेकपा नेता कार्यकर्ता जहाँभेट्यो त्यही समात्न निर्देशन पाएको नेपाल प्रहरी यतिबेला गाउँ गाउँ पुगेको छ ।

    यसैबीच प्रहरीले नेकपा कोशी ब्युरो संयोजक घनश्याम श्रेष्ठ (पुष्कर)लाई  गिरफ्तार गरेको छ । उच्च स्रोतका अनुसार श्रेष्ठलाई आइतबार राति पूर्वी क्षेत्रबाट पक्राउ गरेको हो । नेकपा स्रोतले दिएको जानकारी अनुसार श्रेष्ठलाई आइतबार साँझ ६ बजे मोरङको कानेपाेखरिबाट प्रहरीले गिरफ्तार गरेको हो ।

    प्रहरीले आफ्ना नेतालाई अपहण शैलीमा गिरफ्तार गरेको भन्दै नेकपा कोशी ब्युरोले आपत्ति जानेको छ । श्रेष्ठलाई कहाँ राखिएको छ भन्ने बारेमा प्रहरीले केहि जानकारी नै नदिएर बेपत्ता बनाएको उनका परिवारजनले आरोप लगाएका छन् । श्रेष्ठ काठमाडौंस्थित मिर्मिरे एफएमका पूर्व अध्यक्ष समेत हुन।

    सरकारले प्रतिबन्ध लगाएसँगै नेकपाका नेता कार्यकर्तामाथि र समर्थक शुभचिन्तकमाथि धरपकड र गिरफ्तारी बढाएको छ। शुक्रबार राति काभ्रेबाट नेकपाका तेस्रो वरीयताका नेता एवं मध्य क्षेत्रीय कमान्ड इन्चार्ज हेमन्तप्रकाश वली ‘सुदर्शन’ सहित नौ जनालाई पक्राउ गरेको थियो

    शनिबार बिहानै गिरफ्तार परेका नेता सुदर्शनसहित ९ जनालाई जिल्ला अदालत ललितपुरले अर्को आइतबार ८दिनका लागि म्याद थपेको छ । न्यायाधीश चुणामणी खड्काको ४ नम्बर इजलासले ८ दिनको म्याद थप गरेको हो ।

    सुदर्शनका तर्फबाट ६ जना अधिवक्ताले थुनछेक बहस गरेका छन् । कानुन व्यावसायिहरुले राजनीतिक दलालाइ ‘अपराधीक समूह’ भन्दै संगठित अपराधजस्तो अन्तर्राष्ट्रिय अपराधीक गिरोहलाइ लगाउने कानुन सुदर्शनसहितका नेता कार्यकर्तालाई लगाउन नमिल्ने भन्दै बहस गरेका छन् ।

    सुदर्शनसहित ९ जनाबिरुद्ध हातहतियार खरखजाना र संगठित अपराधको मुद्दा लगाइएकाे छ । नेता सुदर्शनसँग प्रहरीले अहिलेसम्म कसैलाई पनि भेट्न दिएको छैन । सुदर्शनसहित गिरफ्तार परेका धर्मराज राजबाहक, रामकृष्ण खतिवडा, शंकर अधिकारी र विजय श्रेष्ठ छन् ।

    त्यस्तै, ललित तामाङ, सञ्जीव कार्की, देव घिमिरे र लोकेन्द्र खड्कालाई पनि रहेका छन् । उनीहरु सबैलाई एउटै मुद्दा लगाएको छ । यता नेता सुदर्शनको पारिवारिक स्रोतले पनि उनलाई जबर्जस्ती फसाउन खोजिएको भन्दै आम संचारकर्मी र मानवाधिकारकर्मीको ध्यानाकर्षण गराएका थिए ।

    सुदर्शनको गिरफ्तार परेपछि आइतबार सिंहदरवारमा भने अर्कै त्रास फैलिएको छ । अन्य दिनमा परिचयपत्र वा पास देखाएर सिहदरबार प्रवेश दिइन्थ्यो तर आइतबार भने सरकारी कर्माचारीका झोलासमेत चेकजाँच गरिएको छ ।

    परहरी उच्च स्रोतले दिएको जानकारी अनुसार सुदर्शनको गिरफ्तारीसँगै आइतबार सिंहदरबार प्रवेशमा कडाइ गरिएको छ । सुरक्षा चुनौती रहेको भन्दै ओली सरकारले सिंहदरबार प्रदेशमा कडाई गर्न निर्देशन दिएपछि प्रहरीले सबैका झोला खानतलासी गर्न थालेको हो ।

    सिंहदरवार प्रवेश गेटमा आइतबार सुरक्षा जाँचका कारण लामै लाइन लागेको छ । नेकपाका नेताहरु प्रक्राउ परिरहेको अवस्थामा सुरक्षा चुनौती बढेको भन्दै चेकिङमा कडाइ गरिएको प्रहरी स्रोतले जनाएको छ ।

    केहिदिन अघि प्रहरीले सुदर्शनलाई नियन्त्रणमा लिन काभ्रेमै सर्च अपरेशन चलाएको थियो । सरकारले नेकपामाथि प्रतिबन्ध लगाएपछि गिरफ्तार हुने सुदर्शन सबैभन्दा माथिल्लो स्तरका नेता हुन् ।

    उक्त अप्रेशनका क्रममा प्रहरीले काभ्रेपलाञ्चोक जिल्लाको रोशी गाउँपालिकाको काफलडाँडामा सङ्गठन सुदृढीकरण तथा विस्तार अभियानमा रहेका नेकपाका अभियानकर्मीहरु विशाल तामाङ, नुमबहादुर विक, शिव धिमाल र दीपेन्द्र राईलाई बुधबार पक्राउ गरेको थियाे ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ