• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    मुख्य समाचार राजनीति

    गाउँ नै घेरा हालेर प्रहरीले मध्यराति गिरफ्तार गर्‍यो नेकपा नेता सुदर्शनसहित ८ जना

    6.1K
    SHARES



    काठमाडौं । विद्रोही नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य हेमन्तप्रकाश ओली ‘सुदर्शन’ सहित ८ जना नेतालाई प्रहरीले गिरफ्तार गरेको छ । मध्य केन्द्रीय कमाण्ड इन्चार्ज समेत रहेका सुदर्शनलाई प्रहरीले शुक्रबार राति काभ्रेबाट गिरफ्तार गरेको हो ।

    महानगरीय प्रहरी अपराध महाशाखाका निमित्त प्रमुख एसपी केदार ढाकालले संचारकर्मीलाई दिएको जानकारीअनुसार सुदर्शनसहित ८ जना गिरफ्तार परेका छन् । प्रहरीको विशेष ब्यूरो, महाशाखाको टोलीले गाउँ घेरा हालेर गिरफ्तार गरेको बताइएको छ ।

    प्रहरीले सुदर्शनसँगै ब्यूरो सदस्य शंकर अधिकारी, धर्मराज राजबाहक, रामकृष्ण खतिवडा, विजय श्रेष्ठ, ललित लामा, सन्जीव कार्की, वेद घिमिरे र लोकेन्द्र खड्कालाई पनि गिरफ्तार गरेको छ । घटनाबारे नेकपाले औपचारिक पुष्टी गरेको छैन तर एक नेताले सुदर्शनसहितका नेताहरु गिरफ्तार परेको संचारकेन्द्रसँग स्वीकार गरे ।

    सरकारले नेकपामाथि प्रतिबन्ध लगाएपछि गिरफ्तार हुने सुदर्शन सबैभन्दा माथिल्लो स्तरका नेता हुन् । बुधबार मात्रै प्रहरीले काभ्रेपलाञ्चोक जिल्लाको रोशी गाउँपालिकाको काफलडाँडामा सङ्गठन सुदृढीकरण तथा विस्तार अभियानमा रहेका नेकपाका अभियानकर्मीहरु विशाल तामाङ, नुमबहादुर विक, शिव धिमाल र दीपेन्द्र राईलाई पक्राउ गरेको थियाे ।

    निहत्था, निःशस्त्र अभियानकर्मीलाई गोली चलाएकाले प्रहरीले जबाफी फाईरिङ गरेको बताएको थियो तर नेकपाले भने आफूहरुले गोली नचलाएको प्रष्ट पारेको छ ।

    नेकपाले बुधबार काभ्रेमा आफ्ना कार्यकर्ताले प्रहरीमाथि गोली चलाएको बकबास गरिएको बताएको छ । उक्त घटनापछि हाल गिरफ्तार परेका नेता सुदर्शनले नै एक विज्ञप्ति सार्वजनिक गर्दै  प्रहरी र नेकपाका कार्यकर्ताबीच गोली हानाहान भएको भनी प्रचारित समाचारलाई लिएर प्रहरी आफैँले एकतर्फी गोली चलाएर जबाफी कारबाही गरेको बकबास गरेको प्रष्ट पारेका थिए ।

    सरकारले नेकपामाथि प्रतिबन्ध लगाएपछि उत्पन्न परिस्थितिले देश गृहयुद्धमा जाने सर्वत्र चिन्ता गरिएको बेला नेकपाले जनता, क्रान्तिकारी शक्ति, देशभक्तहरू, सच्चा लोकतन्त्रवादीहरूको समेत ध्यानाकर्षण पनि गराएको छ ।

    साथै आफ्नो पार्टीका पोलिटब्युरो सदस्य मोहन कार्की ‘जीवन्त’ लगायत गिरफ्तार गरिएका सम्पूर्ण नेता–कार्यकर्ताहरूको रिहाइको माग गरेकाे छन् । सरकारले गिरफ्तार गरिएहरूलाई तुरुन्त रिहा नगरेमा कुनै पनि जनप्रतिरोधको कारबाही अघि बढाउन बाध्य हुने चेतावनी नेकपाले दिएको छ।

     

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ