• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    मुख्य समाचार राजनीति

    सुरक्षाकर्मीमाथि आक्रमण गर्ने कुनै योजना छैन तर आइलाग्ने माथि जाइलाग्ने अधिकार हुन्छ – नेता बम

    9.6K
    SHARES



    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका नेता भरत बम ‘रणवीर’ले सुरक्षाकर्मीमाथि आक्रमण गर्ने पार्टीको कुनै योजना नरहेको प्रष्ट पारेका छन् । संचारकेन्द्रसँग कुरा गर्दै नेता बमले अबको क्रान्तिमा विगतमाझैं दलालहरुको रक्षा गर्न प्रहरी सेना आफुविरुद्ध आइलाग्छ भन्ने विश्वास नभएको बताए ।

    तर विभिन्न बहानामा देशलाई लुटेर आफु मोजमस्ती गर्ने भ्रष्ट, दलालहरुबिरुद्ध नेकपाले संघर्ष छेड्दा वा कारवाही गर्दा कोहि आइलागेमा भने चुप लागेर बस्न पनि नसकिने उनले बताए । “हामीले भनेका छौं अबको क्रान्ति विल्कुलै नँया र फरक तरिकाले हुन्छ । अबको क्रान्तिमा दलालको रक्षा गर्न प्रहरी सेना विगतमाझैं हामीविरुद्ध आइलाग्छन भन्ने छैन ।” उनले भने- “यदि भ्रष्ट, दलालहरु, माफियाबिरुद्ध नेकपाले संघर्ष छेड्दा वा कारवाही गर्दा कोहि कसैलाई आपत्ति हुन्छ र आइलाग्छ भने त जाइलाग्ने मानव स्वभाव र अधिकारको कुरा भयो ।”

    बिभिन्न बहानामा क्रान्तिकारी जनतालाई राज्यले बन्दुक देखाएर दबाउन खोजे आफूहरु पनि बन्दुक उठाउँन बाध्य हुने उनले चेतावनी दिए ।आफुहरुले अहिलेको दलाल पूंजीवादी राज्यब्यबस्था अस्विकार गरेको र विकल्पमा बैज्ञानिक समाजवादी ब्यबस्था अगाडि सारेका भन्दै उनले सहभागीताका लागि आम नेपाली जनतालाई हार्दिक अपील पनि गरेको जानकारी दिए ।

    “हामीले अहिलेको दलाल पुजीवादी राज्यब्यबस्था अस्विकार गरेका छौं । र विकल्पमा बैज्ञानिक समाजवादी ब्यबस्था अगाडि सारेका छौं । त्यसको लागि आम नेपाली जनतालाई हार्दिक अपील पनि गरेका छौं ।” उनले भने- “परिणामस्वरूप जनसेना भर्ति र जनसत्ता अगाडि आएको हो ।क्रान्तिका लागी आबश्यक पर्ने सबै खाले कुराहरुको तयारी हुन्छ नै ।”

    नेता बमले ओली सरकारले नेकपामाथि लगाएको प्रतिबन्ध हास्यास्पद रहेको तर्क गरेका छन् । साथै जनतालाई भ्रममा पार्न लगाइएको बेतुकको प्रतिबन्धको डटेर प्रतिरोध हुने र त्यसका लागि पार्टीको नीति पार्टी महासचिव विप्लवले सार्वजनिक गरिसकेको बताए ।

    “हाम्रो पार्टी माथी सरकारले लाएको प्रतिबन्ध हास्यास्पद छ र यस्को डटेर प्रतिरोध गर्ने पार्टीको नीति हाम्रो पार्टीको महासचिवले सार्वजनिक गरिसक्नु भएको छ । पार्टी त्यही अनुरुप अगाडि बढछ ।” उनले भने- “यहाँ प्रतिबन्ध त भ्रष्ट,दलाल,तस्कर, राष्ट्रघाती,जनघाती ,फासिवादी सत्ता र शासकलाई लाउनुपर्ने तर यस्का विरुद्ध लडिरहेको हाम्रो पार्टीमाथी प्रतिबन्ध लाउनु राज्यले विचारसंग हारेर युद्धको घोषणा गर्नु हो । यसको एकीकृत जनप्रतिरोध आवश्यक छ र हुनेछ । पार्टीले त्यसको कुशलतापूर्वक नेतृत्व गर्नेछ ।”

    अर्को प्रसंगमा उनले आफूहरु जनताका बीचमा जनतासँगै रहेकाे अवस्थामा पनि नेकपा नेता कार्यकर्ताहरुलाई भूमिगत भए भनेर अनावश्यक प्रचारवाजी गरिएको भन्दै यस्तो हल्लाको पछि नलाग्न सबैलाई आग्रह गरे ।

    “नेकपाका नेता कार्यकर्ता भूमिगत भए भन्ने कुरा वाईयात कुरा हो । हामी जनताका बीचमा छौं । हामी हिजो पनि जनतासँगै थियौं । आज पनि जनतासँगै छौं ।” उनले भने – “हामी जनताको मुक्ति नहुँदासम्म जनतासँगै हुन्छौं । हामी जनताको वैज्ञानिक राज्यसत्ता स्थापना गर्न चाहान्छौं । भूमिगत भए भन्ने त प्रतिक्रियावादी दलाल राज्यसत्ताको हल्ला मात्र हो । हल्लाको पछि नलागौं ।”

    त्यस्तै पछिल्लोसमय नेकपाको लोकप्रियता देखेर ओली-प्रचण्ड सरकार आत्तिएको दावी गर्दै नेता बमले वार्ताका लागि गरिएको आह्वान नक्कली भएको बताए ।

    “सरकार वार्ताको लागि तयार छैन । उसको आह्वान नक्कली हो, युद्धको तयारीको रणनीति अनुरुप वार्ताको कुरा गर्दैछ । घटनाक्रमले पनि त्यही देखाएका छन । नेता, कार्यकर्ता पक्राउ गर्ने, पार्टीलाई प्रतिबन्ध लाउने अनि वार्ता भन्ने यसरी पनि कहिँ वार्ता हुन्छ र ? यो भ्रामक कुरा हो वास्तवमा सरकार वार्ताको लागि तयार छैन ।”

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ