• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    मुख्य समाचार राजनीति

    मध्यराति गोली हानेर प्रहरीले समात्यो नेकपाका यि ४ कार्यकर्ता, दोहोरो भिडन्त हल्ला मात्रै

    17.7K
    SHARES



    काठमाडौं । मंगलबार राती काभ्रेमा प्रहरी र नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताबीच दोहोरो गोलीहानाहान भएको हल्ला गरेर प्रहरीले एकोहोरो गोली चलाएको खबर प्राप्त भएको छ ।

    नेकपामाथि दमन गर्न प्रहरीले दोहोरो भिडन्त भएको हल्ला मात्र गरेको बताउदै  नेकपा काभ्रेले सञ्चारकेन्द्रलाई दिएको जानकारी अनुसार प्रहरीले एकोहोरो अन्धाधुन्ध गोली चलाएको थियो ।

    नेकपाका केही कार्यकर्ता बसेको सुचना पाएर काठमाडौँबाट दुई दर्जनको संख्यामा गएको प्रहरीले काभ्रेको रोशी गाउँपालिका काफ्लेडाँडामा पुगेपछि नेकपाका कार्यकर्ता रहेको स्थानलाई घेरा हालेर अन्धाधुन्ध गोली चलाएको थियो । आफूमाथि सुरक्षा खतराको महसुस गरेर गोली चलाएको प्रहरीले नेकपाका निशस्त्र ४ जना कार्यकर्तालाई भने पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा झापाका शिव धिताल, दाङका नृपबहादुर विक, भोजपुरका डिकेन्द्र राई र सिन्धुपाल्चोकका विशाल तामाङ रहेका छन् । उनीहरुलाई अहिले टेकुमा राखेकाे नेकपाले जनाएको छ ।

    यता प्रहरीले भने उनीहरुको परिचय खुलाउन मानेका छैन। अनुसन्धानको क्रममा भएकाले पक्राउ परेकाहरुको परिचय गोप्य राखेको प्रहरीको भनाई छ । प्रहरीले घेरा हालेर गोली हानि समातेको भए पनि उनीहरु कोही पनि घाइते भने नभएको श्रोतले बताएको छ ।

    मंगलबार महानगरीय अपराध अनुसन्धान महाशाखा महाशाखाका प्रहरी उपरीक्षक (एसपी) सोमेन्द्रसिंह राठौर नेतृत्वको प्रहरी टोली काभ्रेमा पुगेको थियो । नेकपाका नेता कार्यकर्ता रहेको सूचना पाएपछि काठमाडौँबाट प्रहरी काभ्रे पुगेपनि जिल्ला प्रहरी कार्यालय काभ्रेले भने घटनाबारे आफ्नो कार्यालयलाई जानकारी नभएको बताएको छ ।

    यस्तै उता कालिकोटमा पनि प्रहरीले गाउँ-गाउँमा सर्च अप्रेशन चलाएको खबर आएको छ । जिल्ला प्रहरी कार्यालयको टोलि अहिले नरहरिनाथ गाउँपालिका, सान्नीत्रिबेणी गाउँपालिका, र रास्कोट पुगेर सर्च अप्रेशन चलाइरहेको कालिकोटबाट हाम्रा स्थानीय संवाददाताले जनाएका छन् ।

    श्रोतका अनुसार नेकपाका नेता कार्यकर्तालाई  प्रकाउ गर्न अहिले प्रहरी देशभर परिचालित भएको छ ।  यसअघि २८ फागुनमा बसेको मन्त्रिपरिषदको बैठकले विप्लव नेतृत्वको नेकपामाथि प्रतिबन्ध लगाएको थियो । त्यसयता नेपाल प्रहरीले नेकपाका नेता कार्यकर्तालाई जहाँ भट्यो, त्यहीँ पक्राउ गर्ने नीति लिएको छ ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ