• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    मुख्य समाचार राजनीति

    नेकपामाथि प्रतिबन्ध लगाएर सरकारले फासिस्ट चरित्र देखायो- बैद्य

    9.8K
    SHARES

    काठमाडौं । सरकारले विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीमाथि प्रतिबन्ध लगाएपछि नेकपा क्रान्तिकारी (माओवादी)का महासचिव मोहन वैद्य ‘किरण’ले आपत्ति जनाएका छन् ।

    बुधबार बिहान संचारकेन्द्रसंग कुरा गर्दै बैद्यले सरकारले नेकपामाथि प्रतिबन्ध लगाएर गलत बाटो अपनाएको बताएका छन् । पार्टीको धारणा औपचारिकरुपमा बुधबार दिउसो बिज्ञप्ति मार्फत सार्बजनिक गर्नेजानकारी दिँदै बैद्यले भने- ‘एउटा कम्युनिष्ट सरकारले अर्को कम्युनिष्ट पार्टीमाथि त्यसरी प्रतिबन्ध लगाउनु बिडम्बना हो ।’

    राजनीतिक समस्यालाई राजनीतिक हिसाबले हल गर्नुको साटो सरकारले फासिस्ट चरित्र नै देखाएको बैद्यले बताएका छन् । ‘यस्ता घटना त पहिला-पहिला राणा शासन र पञ्चायतकालमा हुने गरेका थिए । उही इतिहास दोहोरीयो । त्यस कारण यो कदम एकदम गलत भयो ‘ उनले भने ।

    कुराकानिका क्रममा बैद्यले भने- ‘रूपान्तरणका निम्ति परिवर्तनका निम्ति बिगतमा बिभिन्न आन्दोलन भए दश बर्षको जनयुद्ध भयो । जनयुद्धमा नेतृत्व गरेको शक्ति अहिले सरकारमा छ । त्यही शक्तिले फेरी आफ्नै मित्रहरु प्रति त्यस्तो व्यबहार देखाउनु राजनीतिक चरित्र भएन । यो त फासिस्ट चरित्र भयो।’

    नेकपाका नेता कार्यकर्तामाथि ब्यापकरुपमा धरपकड़ गर्ने, यातना दिने, पार्टीमाथि प्रतिबन्ध लगाउनेलगायतका सबै चीज गलत भएको भन्दै उनले यो प्रतिबन्ध फिर्ता लिएर राजनीतिक समस्याको हल राजनीतिक तरिकाले नै गर्नुपर्ने बताएका छन् ।

    यस्तै उनले विप्लवसंग पार्टी एकताको छलफल चलिरहेको भन्दै उनले एक एक चरण कुराकानी भएको र पुनः छलफल गर्ने बाताबरण नबनेका कारण रोकिएको बताए । एकता गर्नुपर्छ भनेर आफुहरूले जोड़ गरेको बताउदै उनले क्रन्तिकारी शक्तिहरु मिल्नुको बिकल्प नभएको बताए । यस्तै नेकपासंग अहिले कार्यगत एकता भइरहेको बैद्यले बताए।

    मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले नेकपालाई आपराधिक संगठन भएको भन्दै पार्टीका गतिबिधिमाथि प्रतिवन्ध लगाउने निर्णय गरेसँगै उक्त निर्णयको चौतर्फी बिरोध भएको छ । सरकारको निर्णयप्रति सत्तारूढ़ नेकपाकई नेता कार्यकर्ताहरुले समेत ब्यापक आलोचना गरेका छन् ।

    नेकपामाथि राजनीतिक व्यवहार नगरेर सरकारले फासीवादी चरित्र देखाएको भन्दै देश बिदेशमा भएका नेपालीहरुले सामाजिक संजालमा समेत ब्यापक आलोचना गरेका छन्।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ