• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    मुख्य समाचार राजनीति

    सुरक्षा चुनौतीका बाबजुद अखिल क्रान्तिकारी बझाङको जिल्ला सम्मेलन सम्पन्न, कुँवर बने अध्यक्ष

    8.3K
    SHARES



    चैनपुर । व्यापक सुरक्षा चुनौतीबीच नेपाल कम्युनिष्ट पार्टीनिकट अखिल (क्रान्तिकारी) बझाङको सातौं जिल्ला सम्मेलन सम्पन्न भएको छ । जिल्लाको जयपृथ्वीनगरपालिकास्थित गोलाईमा शुक्रबार सम्पन्न सम्मेलनले तिलक कुँवरको अध्यक्षतामा २ सदस्य पछि थप्नेगरी २१ सदस्यीय कमिटी चयन गरेको छ ।

    जसको उपाध्यक्षमा बिनोद थापा, सचिवमा सत्य दुलाल, स-सचिवमा दिनेश खड्का, कोषाध्यक्षमा सोभा भण्डारी रहेका छन् । त्यस्तै कार्यसमिति सदस्यमा प्रशान्त धामी, मुकेश बिस्ट, सुवास बोहोरा, सत्य दुलाल, राजुजंग धामी, दिपक शाही, हिरा जाग्री, मंजु नाथ, प्रिय कुँवर, बिकाश थापा, पुजा पुरी, सन्तोष बानियाँ, बिनिता धामी र निर्मला बिस्ट रहेका छन् ।

    अखिल (क्रान्तिकारी) का केन्द्रीय उपाध्यक्ष रुद्र भट्टराईको प्रमुख आतिथ्यमा सम्पन्न सम्मेलनमा नेकपा बझाङका इन्चार्ज, सेक्रेटरी, क्रान्तिकारीका सेती ब्युरो संयोजक लोकेन्द्र सार्की, केन्द्रीय सदस्य तथा सिटीइभिटी उपत्यका जिल्ला अध्यक्ष प्रज्वल शाही, केन्द्रीय सदस्य बिरेन्द्र जप्रेल, क्रान्तिकारी कैलालीका अध्यक्ष बबरजंग सिंह लगायतका नेताहरु अथिति थिए ।

    सम्मेलन रोक्न प्रहरीले षडयन्त्र गर्यो- क्रान्तिकारी

    यसैबीच शुक्रबार सम्पन्न कार्यक्रममा प्रहरीले हस्तक्षेप गर्न खोजेको क्रान्तिकारीले आरोप लगाएको छ । आफूहरुले सम्मेलन गर्न लागेको थाहा पाएर प्रहरीले कार्यक्रमको बहाना पारेर जिल्लाका केहि उच्च माविका विद्यार्थीहरुलाई नै जिल्ला प्रहरी कार्यालय बाेलाएर दिनभर राखेको क्रान्तिकारीको आरोप छ ।

    तर प्रहरीले गरेको षडयन्त्र र सुरक्षा चुनौतीका बीच पनि आफूहरुले सङ्गठनको जिल्ला सम्मेलन भव्यताका साथ् सम्पन्न गरेको क्रान्तिकारीका केन्द्रीय उपाध्यक्ष भट्टराईले जानकारी दिएका छन् । सम्मेलनसम्पन्न भएपछि संचारकेन्द्रसँग कुरा गर्दै भट्टराईले भने- ‘आजै हाम्रो सम्मेलन छ भन्ने पूर्व सूचना प्रहरीलाई रहेछ, त्यसैले जालपा उमावीसहित केहि उच्चमाविका विद्यार्थी साथीहरुलाई प्रहरीले बिहानै कार्यक्रमको बहाना बनाएर जिप्रका बोलाएको हामीले थाहा पायौै ।’

    प्रहरीले आफुहरुको सम्मेलन सकिएपछि मात्रै ४ बजे विद्यार्थीहरुलाई जिप्रकाबाट घर पठाएको उनको भनाई छ । ‘हाम्रो सम्मेलन सकिएपछि मात्रै जिप्रकामा रहेका विद्यार्थी साथीहरुलाई घर पठाइयो’ उनले भने । आफूहरुको सम्मेलन पछि बिथोल्न खोजेको उनको आरोप छ ।

    के भन्छ प्रहरी ?

    यता जिप्रका बझाङले विद्यालय र विद्यार्थीहरुको सहमति नै कक्षा ९ र १० का विद्यार्थीलाई आफूहरुले कार्यक्रमका लागि बोलाएको स्वीकार गरे ।  जिल्ला प्रहरी कार्यालय बझाङका डिएसपी प्रविण धितालले ‘प्रहरीसँग एकदिन’ कार्यक्रम अन्तर्गत हरेक हप्ता विभिन्न विद्यालयका विद्यार्थीहरुलाई जिप्रका बोलाएर उनीहरुलाई त्यहाँका गतिविधिबारे जानकारी दिने गरिएको बताए ।

    ‘विद्यार्थीहरुलाई कार्यक्रमका लागि हामीले बोलाएका हौै’ संचारकेन्द्रसँग कुरा गर्दै डिएसपी धितालले भने- ‘प्रहरीसँग हप्तामा १ दिन कार्यक्रम अन्तर्गत विद्यार्थीलाई जिप्रकामै ल्याएर प्रहरीले कसरी काम गर्छ त भन्ने विषयमा जानकारी दिएँ गरेका छौं । हप्तामा १ दिन यो कार्यक्रम सन्चालन हुंदै आएको छ । यो हप्ता आज शुक्रबार पनि भएको कारणले विद्यार्थीहरुको पढाईलाई डिस्टर्ब नहुने गरी जालपा माविका विद्यार्थीहरुलाई बोलाइएको हो ।’

    गत हप्ता सत्यवादी माविका विद्यार्थीलाई पनि ल्याएर प्रहरीले गर्ने काम कारवाहीको विषयमा जानकारी गराइएको उनले बताए । विद्यार्थीहरुले आफूहरुको कार्यक्रम मन परौदै गएको दावी गर्दै उनले आगामी हप्तामा पनि यो अभियानले निरन्तरता पाउने बताए ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ