• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    मुख्य समाचार राजनीति

    नेता कार्यकर्ता भकाभक गिरफ्तार पर्न थालेपछि ओली-प्रचण्डलाई सुदर्शनले दिए यस्तो चेतावनी

    8.6K
    SHARES



    काठमाडौं । नेता कार्यकर्तामाथि धरपकड बढेपछि नेपाल कम्युनिष्ट पार्टीले आपत्ति जनाएको छ । शुक्रबार एनसेलमाथि कारवाही गरेपछि ओली-प्रचण्ड सरकार नेकपामाथि दमनमा उत्रिएको छ ।

    शनिबारदेखि नै नेता कार्यकर्ता भकाभक गिरफ्तार पर्न थालेपछि पार्टी स्थायी समिति सदस्य तथा मध्यकेन्द्रीय कमान्ड इन्चार्ज सुदर्शनले बिनासर्त रिहाइको माग गरेका छन् । मङ्गलबार प्रेसविज्ञप्ति जारी गर्दै इन्चार्ज सुदर्शनले लुटखसोट गरेको धनबाट ढाडिएको सरकारले व्यक्तिगत काममा हिँडिरहेका आफ्नो पार्टीका ब्युरो सदस्य सूर्य भुजेललाई काठमाडौँको कलङ्कीबाट गिरफ्तार गरिएको भन्दै बिनासर्त रिहाइको माग गरेका छन् ।

    विज्ञप्तिमा भनिएको छ- ‘सामाजिक दलाल पुँजीवादी सत्ताले नेपाली श्रमजीवी तथा उत्पीडित जनताको अग्रदस्ता नेपाल कम्युनिस्ट पार्टीका ब्युरो सदस्य कमरेड सूर्य भुजेललाई आज दिउँसो काठमाडौँको कलङ्कीबाट आफ्नो घरायसी काममा हिँडिरहेको बेला गिरफ्तार गरेको कुराले हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । एक्जिएटा कम्पनीद्वारा सञ्चालित एनसेलले नेपाली जनताबाट लुटखसोट मच्चाएर कर छलीसमेत गरी थुपारेको धनबाट ढाडिएको सरकार र त्यसका नेताहरूले गृह प्रशासनमार्फत देशव्यापी धरपकड मच्चाएका छन् ।’

    केही दिनपहिले अछामबाट गिरफ्तार गरिएकी नेकपा निकट अनेमसङ्घकी केन्द्रीय अध्यक्ष बन्धु चन्दलगायत देशैभरि आफ्नो पार्टीका नेता–कार्यकर्तामाथि दमन, धरपकड र गिरफ्तार गरेको भन्दै बिनासर्त रिहा नगरे यसबाट उत्पन्न परिणामको जिम्मेवार स्वयम् सरकार हुुनुपर्ने चेतावनी उनले दिएका छन् ।

    ‘सुदूरपश्चिमको अछामबाट हाम्रो पार्टीका केन्द्रीय सदस्य तथा महिला मोर्चाकी केन्द्रीय अध्यक्ष बन्धु चन्द, नारायणी ब्युरो सदस्य बुच्ची यादव, विद्यार्थी सङ्गठनका मानबहादुर तिरुवालगायत दर्जनौँ नेता तथा कार्यकर्ताहरूलाई गिरफ्तार गरिएको छ ।’ विज्ञप्तिमा भनिएको छ- ‘क. बन्धु चन्द, सूर्य भुजेललगायत सम्पूर्ण गिरफ्तार कमरेडहरूलाई तुरुन्त बिनासर्त रिहा नगरिएमा पार्टी कठोर कदम चाल्न बाध्य हुनेछ र यसबाट उत्पन्न परिणामको जिम्मेवार सरकार नै हुने चेतवानी दिन चाहन्छौँ ।’

    मंगलबार नेपाल कम्युनिस्ट पार्टीका युवा नेता सूर्य भुजेललाई प्रहरीले  काठमाडौंबाट गिरफ्तार गरेको छ । त्यस्तै  इलामबाट पनि नेकपाका पाँचजना नेता तथा कार्यकर्तालाई प्रहरीले गिरफ्तार गरेको छ ।

    गिरफ्तारीमा पर्नेहरूमा अमृत मगर (भोजपुर), केबी लिम्बु (ताप्लेजुङ), बाबा लिम्बु (झापा), विमल बस्नेत (इलाम) र विक्रम राई (धनकुटा)लगायतलाई गिरफ्तार गरेको स्रोतले जनाएको छ ।

    उनीहरूलाई इलामको फाकफोक गाउँपालिका १ आँपचोकबाट मङ्गलबार गिरफ्तार गरेको नेकपा पूर्वी कमान्डले जनाएको छ । नेकपाले सञ्चालन गरेको सङ्गठन सुदृढीकरण तथा विस्तार अभियान २ का क्रममा उनीहरूलाई गिरफ्तार गरिएको स्रोतले जनाएको छ ।

    नेता सुदर्शनद्वारा जारी विज्ञप्तिको पूर्ण पाठ यस्तो छ

    सामाजिक दलाल पुँजीवादी सत्ताले नेपाली श्रमजीवी तथा उत्पीडित जनताको अग्रदस्ता नेपाल कम्युनिस्ट पार्टीका ब्युरो सदस्य कमरेड सूर्य भुजेललाई आज दिउँसो काठमाडौँको कलङ्कीबाट आफ्नो घरायसी काममा हिँडिरहेको बेला गिरफ्तार गरेको कुराले हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । एक्जिएटा कम्पनीद्वारा सञ्चालित एनसेलले नेपाली जनताबाट लुटखसोट मच्चाएर कर छलीसमेत गरी थुपारेको धनबाट ढाडिएको सरकार र त्यसका नेताहरूले गृह प्रशासनमार्फत देशव्यापी धरपकड मच्चाएका छन् ।

    सुदूरपश्चिमको अछामबाट हाम्रो पार्टीका केन्द्रीय सदस्य तथा महिला मोर्चाकी केन्द्रीय अध्यक्ष बन्धु चन्द, नारायणी ब्युरो सदस्य बुच्ची यादव, विद्यार्थी सङ्गठनका मानबहादुर तिरुवालगायत दर्जनौँ नेता तथा कार्यकर्ताहरूलाई गिरफ्तार गरिएको छ । क. बन्धु चन्द, सूर्य भुजेललगायत सम्पूर्ण गिरफ्तार कमरेडहरूलाई तुरुन्त बिनासर्त रिहा नगरिएमा पार्टी कठोर कदम चाल्न बाध्य हुनेछ र यसबाट उत्पन्न परिणामको जिम्मेवार सरकार नै हुने चेतवानी दिन चाहन्छौँ ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ