• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    मुख्य समाचार राजनीति

    भ्रष्ट मेयरमाथि नेकपाको यस्तो जनकारवाही, स्थानीयले विप्लवलाई दिए धन्यवाद

    11.5K
    SHARES



    बुटवल । भ्रष्टहरुमाथि आक्रामकरुपमा प्रस्तुत हुदै आएको नेपाल कम्युनिष्ट पार्टीले पछिल्लो समय पनि जनकारवाही गर्ने कार्यलाई निरन्तरता दिएको छ ।

    स्थानीय गाउँपालिकादेखि सिंहदरवारसम्मका भ्रष्टहरुलाई कारवाही गर्ने नीति लिएको नेकपाले मंगलबार मात्रै प्यूठानका एक मेयरमाथि कारवाही गरेको जनाएको छ ।

    जिल्लाकै सबैभन्दा भ्रष्ट मेयर भएको जनाउदै नेकपाले स्वर्गद्वारी नगरपालिकाका प्रमुख नेत्रबहादुर रोकायलाई उनकै कार्यकक्षमापुगेर कालोमोसो दलेर कारवाही गरेको हो ।

    नेकपाले मंगलबार नै एक विज्ञप्ति जारी गर्दै नगरपालिकाका प्रमुख रोकायामाथि आफ्नो पार्टीले कारवाही गर्नुको कारण पनि प्रष्ट पारेको छ । नेकपाले आफ्नो पार्टीको नाममा बेनामी चेक काटी भ्रष्टाचार गरेको, उपभोक्ता समितिमा पार्टीका कार्यकर्ता तथा नेतालाई पदाधिकारी बनाई किर्ते बिल भरपाई मिलाई मोटो रकम अनियमितता गरेको, जनतामाथि अनावश्यक कर थोपरेको आरोप लगाएको छ ।

    यस्तै संस्थागत रुपमा भ्रष्टाचार गरेको, प्राकृतिक स्रोत साधनमाथि नीति नियम विपरीत कमिशनको भरमा दोहन गर्न खोजेको र कर्मचारी पदपूर्तिमा विज्ञापन गरेको देखाई आफूनिकट उम्मेद्वारलाई नियुक्त गरेको भन्दै जनकारबाहीस्वरुप कालोमोसो दलेको नेकपाले जनाएको छ ।

    कारवाहीपछि मंगलबार नेकपा प्युठानका सेक्रेटरीले एक प्रेस विज्ञप्ति जारी गर्दै रोकायमाथि आज पहिलो चरण कारवाही गरिएको चेतावनी दिएका छन् । आफ्नो खराब कृयाकलाप तत्काल नसच्याए ठिक नहुने चेतावनी दिँदै नेकपाले भ्रष्टचारीहरुलाई अझै चरणबद्धरुपमा कारवाही गरिने बताएको छ ।

    यसैबीच मेयरमाथि कारवाही भएको खबरले त्यहाँका स्थानीय खुसि भएका छन् ।  स्वर्गद्वारी नगरपालिकाबासिले जनताको हितमा भन्दा पनि आफ्नो व्यक्तिगत स्वार्थपूर्तीका लागि काम गर्दै आएको र भ्रष्ट्राचार गरेको भन्दै नेकपाकाे कारवाहीप्रति खुसि व्यक्त गरेका हुन् ।

    उनीहरुले छानीछानी भ्रष्ट्राचारीहरुमाथि कारवाही गर्न नेकपलाई आग्रह समेत गरेका छन्  । मंगलबारको कारवाहीपछि त्यहाँका बासिन्दाले नेकपा महासचिव विप्लवलाई धन्यवाद ज्ञापन गरेको बताईएको छ ।

    नेकपाले यसअघि पनि विभिन्न ठाउँमा भ्रष्ट्राचारी, दलाल र घुसखोरहरुमाथि कारवाही गरेको थियो । आगामी दिनमा पनि जनतालाई दुखहरुलाई नछोड्ने नेकपाले यसअघि नै बताइसकेको छ ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ