• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    मुख्य समाचार राजनीति

    सिंहदरवारका स्यालहरुले गाउँ पसेर जनताको सम्पतिभन्दा बढी कर लगाए- नेकपा नेता पुन

    12.3K
    SHARES



    झलारी । देशमा समानान्तर सत्ताको अभ्यासमा रहेको नेपाल कम्युनिष्ट पार्टीले देशभर सङ्गठन विस्तार तथा सुदृढ अभियान यिब्र पारेका बेला महाकाली ब्युरो पनि उक्त अभियानमा रफ्तारका साथ लागेको छ ।

    ब्युरोले पहाडी जिल्लामा सकेर हाल  अभियान लाई तराईका जिल्लामा केन्द्रित गरेको छ । यसैबीच सनिबार मात्रै कञ्चनपुरको झलारीमा नेकपा जिल्ला पार्टीले भब्य जनसभाको आयोजना गर्यो ।

    शुक्लाफाँटा नगरपालिकाको झलारीमा आयोजित भब्य जनसभालाई उक्त पार्टीका पोलिटब्युरो सदस्य ओम प्रकाश पुन र केन्द्रीय सदस्य रामप्रसाद तिमिल्सिनाले लगायतका नेताहरुले सम्बोधन गरेका छन् ।

    कार्यक्रममा प्रमुख अथिति समेत रहेका नेता पुनले गाँउ पसेका सिंहदरवारका स्यालहरुलेजनताको सम्पतिभन्दा बढी कर लगाएको भन्दै त्यसकाबिरुद्ध एक भएर लड्न सम्पुर्ण देश बासीलाई आव्हान गरे । समाजमा व्याप्त बिभिन्न प्रकारका विकृति विसंगति, भ्रष्ट्रचारी, कमिसनखोर, दलालहरुको बिरुद्ध लड्न नै आफूहरु एकीकृत जनक्रान्तिको अभियान लिएर जनताकाे घर दैलाेमा पुगेकाे नेता पुनकाे भनाई छ ।

    शिक्षा, स्वास्थ्य देखि जनताले खाने सबै खाद्यबस्तुमा समेत कमिसन खान पल्केका जनताका प्रतिनिधि भनाउँदाहरु पहिलेका शासकजस्तै निरंकुश र घुसखोर भएको उनको आरोप छ ।

    नेता पुनले पश्चिम नेपालका सिमानाहरु मिचिएको बेला सिमा रक्षामा जुट्नुको साँटो शासकहरु त्यसैमा झन लालाहित भएर कमिसनको खेलोमा लागेको भन्दै राष्ट्रीयता खतरामा परेको बेला देशलाई माया गर्ने सबै नेपाली राष्ट्रवादी शक्ति एकजुट हुनुपर्नेमा जोड दिए।

    यस्तै कार्यक्रमलाई सम्बोधन गर्दै पार्टीका केन्द्रीय सदस्य तथा महाकाली ब्युरो इन्चार्ज रामप्रसाद तिमिल्सिनाले नेकपाले सुरु गरेको एकीकृत जनक्रान्ति विगतको जनयुद्धजस्तो नहुने प्रष्ट पारे । उनले बन्दुक र जनताको जुलुसलाई जोडेर सबै किसान र श्रमिकबर्ग मिलेर नै लड्नुपर्ने भन्दै लडाईको निसाना दलाल पुजिपति बर्ग र संसदिय ब्यबस्था हुने बताए ।

    जनसभामा बोल्दै नेकपा बैतडीका ईन्चार्ज बासुदेव जोशीले सबै मिलेर किसान र श्रमजीवी बर्गको हितका लागि लड्नु पर्ने र बैज्ञानिक समाजवादले मात्र जनताका समस्या हल गर्ने जिकिर गरे।

    नेकपा कञ्चनपुरकाका सेक्रेटरी र परिवर्तनकाे अध्यक्षतामा भएको कार्यक्रमका  जिल्ला इन्चार्ज अग्नि, ब्युरो सदस्य पुकार, ब्युरो कार्यलय सचिब संघर्ष, दार्चुला जिल्ला ईञ्चार्ज जीवन लगायत जनबर्गीय मोर्चाका ब्युरोका प्रमुख र ब्युरोका नेताहरुको उपस्थिति रहेको थियो।

    कार्यक्रममा सामना सांस्कृतिक परिवारको बेजोड प्रस्तुति रहेको र संचालन आरोह नेपालीले गरेको उक्त पार्टीका महाकाली ब्युरो कार्यालय सचिव संघर्षले संचारकेन्द्रलाई बताए ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ