• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    कभर स्टोरी

    बाबुरामसहित यी पूर्वमाओवादी नेताहरु विप्लवको पक्षमा, प्रचण्ड र बादललाई झट्का

    9.6K
    SHARES



    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका प्रवक्तालाई गिरफ्तार गरेको विषयलाई लिएर ओली-प्रचण्ड नेतृत्वको पार्टी नै २ खेमामा विभाजन भएको छ ।

    नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केहि नेताहरु ओली-प्रचण्डले विप्लव नेतृत्वको नेकपामाथि धरपकड गरेर गैरन्यायीक कमद उठएकाे भन्दै आफ्नै सहभागी सरकारको खुलेरै आलोचना गरिरहेका छन् त कसैले पार्टीको आन्तरिक छलफलमै सरकारको यो कदमप्रति आपत्ति नै जनाएको स्रोतकाे दावी छ ।

    गृहमन्त्री रामबहादुर थापाले कानून कार्यान्वयन गर्न आफू दृढ रहेको भन्दै भाषण दिइरहेका बेला पूर्वमाओवादी केन्द्रका नेताहरूले प्रवक्ता प्रकाण्डलाई छाड्न सार्वजनिकरुमै दवाव दिइरहेका छन् । पूर्वमन्त्री समेत रहेका ने क पाका नेता डीआर पौडेलले प्रकाण्डलाई विना शर्त रिहा गर्न माग गरेका छन्।

    सामाजिक सञ्जाल फेसवुकमा उनले प्रश्न गर्दै लेखेका छन्, ‘बादल गृहमन्त्री ! प्रकाण्डको हातमा हत्कडी?’ उनले सामाजिक सञ्जालमै ६ बुँदा उल्लेख गर्दै पक्राउको निन्दासमेत गरेका छन्। उलने प्रकाण्डको हातमा हत्कडी भएको फोटोसहित राखेको पोष्टमा प्रश्न गरेका छन्, ‘यो दृश्य देख्दा गृहमन्त्री कमरेडको मनमा कस्तो भाव पैदा भए होला?’

    ‘वैचारिक निकटता, वर्गसंघर्षको जटिलता, वर्गपक्षधरता र मानवाधिकारको कोणबाट पनि यो कार्य आजको सन्दर्भमा निन्दनीय हो,’ उनले अगाडि लेखेका छन्, ‘प्रतिशोधपूर्ण आरोप लगाएर गिरफ्तार गरिएका पूर्वमन्त्री र एउटा राजनीतिक पार्टीका जिम्मेवार नेतालाई कुनै पनि हिसाबले हत्कडी लाउनुपर्ने समय यो होइन।’

    नेता पौडेलले प्रकाण्डले आँखामा पट्टी बाँधेर शारीरिक र मानसिक यातना दिनुपर्ने स्तरको अपराध नगरेको भन्दै अगाडि भनेका छन्, ‘न त उनको पार्टीले नै २०५२ मा जस्तो राज्यसत्ताका विरुद्ध युद्धको घोषणा गरेको थियो।’

    उनले विप्लव नेतृत्वको नेकपाका सिद्धान्त राज्यका लागि समस्या भए पनि राजनीतिक रुपमा समाधान गरिनुपर्ने बताएका छन्।
    ‘नेकपाको नीति, विचार, सिद्धान्त र कार्यक्रम यतिबेला राज्यको लागि समस्या हुन सक्छ। त्यो राजनीतिक समस्या हो,’ उनले लेखेका छन्, ‘राजनैतिक रुपले मात्र राजनैतिक समस्याको समाधान गर्न सकिन्छ।’

    यता वाइसीएलका अध्यक्ष रामप्रसाद सापकोटा ‘दीपशिखा’ले सामाजिक सञ्जालमा स्ट्याटस लेखेर प्रवक्ता विश्वकर्मालाई छाड्न घुमाउरो भाषामा गृहमन्त्रीलाई दवाव दिएका छन् । उनले लेखेका छन्, ‘नेकपाका प्रवक्ता ‘प्रकाण्ड’लाई गिरफ्तार गर्नु समस्याको समाधान होइन । राजनीतिक समाधान खोज्नुपर्छ ।’ त्यस्तै पूर्वमाओवादीका जिल्लास्तरीय नेताहरुले समेत सरकारको कडा आलोचना गरेका छन् ।

    उता नयाँशक्ति नेपालका संयोजक डा बाबुराम भट्टराईले समेत उक्त गिरफ्तारीको कडा विरोध गरेका छन् । ‘नेकपाका नेता तथा पूर्वमन्त्री खड्गबहादुर विश्वकर्मा(प्रकाण्ड)लाई यसरी हतकडी लगाएर अराजनीतिक व्यवहार गर्नु आफुलाई’कम्युनिष्ट’दावी गर्ने सरकारकानिम्ति कति शोभनीय हो ?’ उनले सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गर्दै भनेका छन्- ‘राजनीतिक मतभेदलाई सहन /सम्मान गर्ने संस्कार लोकतन्त्रको अहं पक्ष हो भन्ने पूर्व कमरेडहरूले कहिले बुझ्ने ?’

    एमाले र माओवादी केन्द्र मिलेर बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्र पूर्वमाओवादी नेताहरू विश्वकर्माको पक्षमा देखिए पनि पूर्वएमालेहरू भने चुपचाप छन् ।

     

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ