• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    मुख्य समाचार राजनीति

    ‘कथित कारवाही’का बिरुद्ध ५ पत्रकार नेताहरुले विप्लवलाई दिए यस्तो जवाफ, आरोप खण्डन (विज्ञप्तिसहित)

    63.5K
    SHARES



    काठमाडौँ । क्रान्तिकारी पत्रकार सङ्गठन, नेपालका ५ जना नेताहरुले पार्टी नेतृत्वले नै सङ्गठनको आन्तरिक विवादलाई छताछुल्ल पारेर अपरिपक्क निर्णय गरेको दावी गरेका छन् ।

    साथै विज्ञप्तिमार्फत आफूहरुमाथि लादिएको ‘कारवाही’ले अच्चममा परेको भन्दै उनीहरुले आफुहरु नैतिक मुल्यमा विश्वास गर्ने हुदा जबसम्म मानिसको नैतिक तागत उच्च रहन्छ, तबसम्म जस्तासुकै आरोप लगाइए पनि त्यसले अलिकति पनि असर नगर्ने बताएका छन् ।

    शुक्रबार केहि तथ्यहिन आरोप लगाएर मध्य कमाण्ड इन्चार्ज तथा पार्टी स्थायी सदस्य सुदर्शनले क्रान्तिकारी पत्रकार सङ्गठनका निवर्तमान अध्यक्ष प्रभात चलाउने, केन्द्रीय सदस्य कमल बुढा, जन्मदेव जैसी, बाबुराम भुसाल र सुदिप बर्देवालाई ‘अनिश्चितकालिन कारवाही’ गरेको भन्दै विज्ञप्ति निकालेपछि शनिबार पाँचै पत्रकार नेताहरुले त्यसको खण्डन गरेका हुन् ।

    उनीहरुले सरकार पार्टीमाथि दमनपूर्ण रवैयामा उत्रिएको, व्यापक रुपमा गिरफ्तारी बढाइरहेको र सरकारसँग एकखालको तीब्र संघर्ष चलिरहेको बेला वा वाह्य संघर्ष घनिभूत बनेका बेला कुनै पनि राजनीतिक पार्टी र आन्दोलनलाई आम जनताको साथ, सहयोग र समर्थन जरुरी हुने र लिनुपर्ने बेला आन्दोलनमा सक्रिय कार्यकर्ताहरुलाई चिढ्याउनु, निस्कृय बनाउन खोज्नु वा आन्तरिक पंक्तिलाई आपसी सवालजवाफमा तान्नु कदापी पनि परिपक्व र सही कदम नभएको प्रष्ट पारेका छन् ।

    बिज्ञप्ति मार्फत ५ जनाले पार्टीका उपल्लो तहका नेताहरुले यसरी आफुहरुलाई सार्बजनिक बिज्ञप्ति मार्फत कारबाही गरेको घोषणा गरेपछि नेपालको संसदीय राजनीतिभित्रको अन्तहीन किचलोबाट आजित भएर परिवर्तनको अन्तिम आशलाग्दो विकल्प यही आन्दोलन हो भन्ने निष्कर्षमा पुगेका र पुग्दै गरेका नौजवान युवाहरुमा निकै ठुलो असर परेको बताएका छन् ।

    लामो समयदेखि जनपक्षीय पत्रकारितामा सक्रिय उनीहरुले आफूहरुको जीवन खुल्ला किताबजस्तै भएको भन्दै पार्टीका कुनै अमुख नेताले तथ्य र आधारहिन आरोप लगाउनु भनेको उल्टै यो आरोप लगाउनेको स्तरको खुलासा हुनुवाहेक केही नभएको बताएका छन्।

    सुदर्शनले निकालेको विज्ञप्तिमा आफुहरुमाथि जुन आरोप लगाइएका छन, तिनको कुनै आधार नभएको, कपोलकल्पित, अराजनीतिक, विल्कुलै हास्यास्पद, बालगोठालाका खेलका कथा जस्ता मात्र भएको बताएका छन् । उनीहरुले आफुलाई पार्टीले लगाएको आरोपबारे जुनसुकै जनअदालतको कठघरामा उभिएर पनि एक-एक शब्द-शब्दमा कुरा गर्न तयार रहेको भन्दै खण्डन गरेका छन् ।

    अनुशासनहीन एक दुई जना व्यक्तिहरुको एकोहोरो कुरा सुनेर नेतृत्व चुक्यो

    सम्मेलन सम्पन्न भएको पाँच महिना पुगिसक्दा पनि आफुहरुले कुनै किसिमको प्रतिक्रिया नजनाएर बसेको, पार्टीले भनेअनुसार नै केन्द्रीय समितिको पहिलो बैठकमा छलफल गर्नुपर्छ भनेर सम्मेलनबाट निर्वाचित केन्द्रीय समितिका साथीहरु पर्खेरबसिरहेको अवस्थामा समेत पार्टीका नेताहरु पत्रकार संगठनको बैठक बसाल्ने र साथीहरुका कुरा सुन्न मात्र पनि तयार नदेखिएको आरोप बिज्ञप्ति मार्फत लगाइएको छ ।

    यसअघि हेटौडामा सम्पन्न दोस्रो राष्ट्रिय सम्मेलनदेखि नगरकोटमा सम्पन्न तेस्रो राष्ट्रिय सम्मेलनको बन्दशत्रमा अराजकता मच्चाउने अनुशासनहीन एक दुई जना व्यक्तिहरुको एकोहोरो कुरा सुनेर र आँखा चिम्लेरत्यहि कुरामा विश्वास गर्नेतिर नेताहरु गएको, तिनले दिएका गलत र नक्कली सूचनाकाबारेमा नेताहरुले आफुहरुसँग सोध्ने आँट पनि नगरेको, त्यसपछि एकाएक नेताहरुले त्यही गुटका केहीलाई संगठनको पदाधिकारी बनाइएको हल्ला आएको र त्यो हल्ला पनि केन्द्रीय समितिको बैठक राखेर छलफल होला र त्यहाँ आउला भन्ने ठानेर आफूहरु पर्खेर बसेकै अवस्थामा नेताहरुलाई गलत सूचना दिन लागेकाहरुले आफैले आफैलाई सामाजिक सञ्जालहरुमा भकाभक बधाई लेखाउदै केही अनलाईनहरुमा समाचार पनि प्रकाशित गराउन थालेपछि आफुहरु ४० जनाले गत भाद्र ७ गते बक्तब्य जारी गरेको उनीहरुले प्रष्ट पारेका छन् ।

    त्यतिमात्र नभइ गिरफ्तार गरिएका नेताले धुलिखेलको हिरासत भित्रै पुलिसको निगरानीमा बैठक गरेर नगरकोटमा निर्वाचित कमिटि डिजल्भ गर्न र ३१ सदस्यीय नयाँ केन्द्रीय समिति निर्माण गर्न निर्देशन दिइएको भन्दै त्यसरी जिम्मेवारी पाएका भनिएका ५/६ जना व्यापक रुपमा छलफलमा लागेको केहि थोरै मान्छेको बैठक बसाली राष्ट्रिय सम्मेलन र सम्मेलनले गरेको निर्णय खारेज गर्न आदेश पाएको भन्दै हिडन थालेपछि नगरकोटमा चयन भएका ४८ जना केन्द्रीय सदस्य मध्ये ३९ जना आक्रोशित भएको पनि जनाइएको छ ।

    उनीहरुले नेताहरुलाई विधि, पद्धति, अनुशासन नेताहरुमा लागु हुने कुरा हो कि होइन ? भन्दै प्रश्न समेत गरेका छन् । ‘कुनै नेताका बारेमा आफूलाई लागेको कुरा आन्तरिक बैठकमा राख्न पाइन्छ कि पाइदैन ? यो पार्टी र आन्दोलन विकास गर्न हामी कार्यकर्ताको कुनै योगदान छ कि छैन ?’ उनीहरुले भनेका छन्- ‘लामो समयदेखि आन्दोलनमा लागेका र योगदान पु¥याएका कुनै राजनीतिक कार्यकर्ताको राजनीतिक जीवन नेतालाई रिस उठेका दिन एउटा विज्ञप्तिले सिध्याउन मिल्छ ?’

    माक्र्सवादी दर्शन र सिद्धान्त तथा द्वन्द्वात्मक भौतिकवादी सिद्धान्तलाई जीवनपद्धति बनाउने नेताहरुले कार्यकर्ताबीचका केही अन्तरविरोध नै भए पनि यसरी हल गर्छ भन्ने विश्वास नै गर्न नसकेको भन्दै उनीहरुले एउटा क्रान्ति गर्ने उद्घोष गरेको क्रान्तिकारी पार्टी र तिनका नेताहरुले यस्तो गरे होलान भनेर सायद कल्पना पनि गर्न सकिने कुरा बाहिर आएको बताएका छन् ।

    उनीहरुले आफुहरु राजनीतिक आस्था र विचारमा सधै प्रतिबद्ध रहेको बताउदै यसले आन्दोलनमा पर्ने असरका बारेमा चिन्तित हुदाहुदै पनि आफ्नो नाम नै उल्लेख गरेर अनावश्यक आरोप लगाउँदै ‘आम जनसमुदाय, पार्टीका सम्पूर्ण निकाय र आमसञ्चारमाध्यमहरुलाई यो कुरा जानकारी गराइन्छ कि’ भन्ने वाक्यबाट सुरु गरिएको विज्ञप्ति नै आइसकेपछि यसबारेमा यो टिप्पणी लेख्न बाध्य भएको बताएका छन् ।

    विज्ञप्तिमा लगाइएका चारवटा आरोपको यसरी खण्डन गरिएको छ 

    सार्वजनिक रुपमा जिम्मेवार साथीमाथि हातपात गरेको’ आरोपको कुरा गरौ । कुरा लगाउनेले कुन आशय र दुराशय राखेर लगाए तर नेताहरुले यो प्रमाणित गरुन कि कुन ठाउँमा कसले कसमाथि हातपात गरेको हो ? सार्वजनिक ठाउँमा भनेपछि देख्नेहरु पनि होलान । त्यो कुन ‘जिम्मेवार साथी’ हो जसमाथि हातपात भयो, त्यस्तो कोही छ भने ममाथि हातपात भएको हो भनेर उभ्याइयोस् । दोस्रो आरोप सूचना चुहाएको भन्ने छ । यो राजनीतिक पूर्वाग्रह वाहेक केही पनि होइन । कतै केही प्रमाण भए यसलाई पनि पुष्टि गर्न चुनौती दिन्छौ ।

    पार्टीका स्थायी समिति सदस्यकै साथमा पार्टी बनेदेखि आजसम्मका सबै दस्तावेज, हिसाबकिताब, सर्कुलर र बैठकमा टिपिएका नोटकपी र ल्यापटप समेत गएको कुरा बाहिर छ्याप्छ्याप्ती आइसकेकै छ । साथै अरु नेताहरुका साथमा पनि धेरै कुरा गएको नेताहरुलाई नै थाहा नै छ । हामी नेताहरुलाई कहिले पनि भेट्दै नभेट्ने र लामो समयदेखि कुनै सम्पर्क नै नभएका कार्यकर्ताले सूचना चुहाएको भन्ने आरोपको कुनै तुक छैन ।

    तेस्रो आरोप पार्टी र नेतृत्वका विरुद्ध सामाजिक सञ्जालहरुमा भ्रामक समाचार दिएको भन्ने आरोप छ । पहिलो त यो पदावली नै स्पष्ट छैन । सामाजिक सञ्जाल के हो ? समाचार र भ्रामक समाचार के हो भन्ने कुराको स्पष्टता नहुन पनि सक्छ । तै पनि कुन सामाजिक सञ्जालमा कहिले त्यसखालका ‘भ्रामक समाचार’ दिइएका हुन त्यसको पनि पुष्टि गरियोस् । सायद सार्वजनिक रुपमा पुष्टि गर्न नमिल्ने होला, हामीलाई मात्र भनिदिए पनि पुग्छ कि कुन साथीले कहिले सामाजिक सञ्जालमा कुन नेताका विरुद्धमा भामक कुरा लेख्यो ?

    पत्रकार संगठन सम्बन्धि पार्टी निर्णय विरुद्ध अराजकता मच्चाएको’ । यो भनेको क्रान्तिकारी पत्रकार संगठन, नेपालको बैशाख १५, १६ र १७ मा सम्पन्न तेस्रो राष्ट्रिय सम्मेलनको सन्दर्भ हुनुपर्छ । दुई सय बढी प्रतिनिधिहरुको सहभागितामा हामीले संगठनको राष्ट्रिय सम्मेलन प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा गरी नगरकोटमा बन्दशत्र गरेका थियौ । जसको उद्घाटन स्थायी समिति सदस्य सन्तोष बुढा मगरले नै गर्नुभएको थियो ।

    सम्मेलन कति मेहनत र दुःखका साथ गरिएको थियो, कति भव्यतापूर्वक सम्पन्न भएको थियो भन्ने कुरा सायद सबैलाई विदितै छ । अनि सम्मेलनको सबै प्रक्रिया सकेर नेतृत्व चयनको प्रक्रियामा पुग्दा कसले अराजकता मच्चाएको थियो भन्ने बन्दशत्रमा सहभागी हुने सबैका सामु दिनको घाम जतिकै छर्लङ्ग छ ।

    स्मरण रहोस बाँकी ८ जनामध्ये पनि केही साथीहरु न्यूट्रल हुनुहुन्छ । यसरी दिनको घामजतिकै छर्लङ्ग कुरामा भ्रामक पर्दा हालेर, आन्दोलनमा लागेका साथीहरुमाथि अत्यन्तै निराधार, कपोलकल्पित र तथ्यहीन आरोप लगाउनु, सार्वजनिक रुपमा बेइज्जत गर्ने प्रयास गर्नुका पछाडि कुन स्वार्थ लुकेको छ हामी आश्चर्यमा परेका छौ । त्यस्ता आरोपको कुनै अर्थ छैन ।

    निष्काशन तहको कारवाही कमिटीले गर्ने हो कि नेताको विज्ञप्तिले गर्ने हो ? हामीलाई त यो विश्वास नै भइरहेको छैन कि यो कम्युनिस्ट पार्टीको निर्णय हो । पहिलो त सोझै हामीलाई बोलाएर यस्तो कुरा आएको छ के हो भनेर नेताले सोध्नुपथ्र्यो । यदि सोध्न मिलेको थिएन भने सबैका कमिटि थिए भनिएको छ ती कमिटिको बैठक राखेर त्यहाँ छलफल गराइनुपथ्र्यो, त्यो बैठक राख्ने अवस्था पनि थिएन भने ती कमिटिका इन्चार्जहरु थिए होलान, तिनलाई बुझ्न र सोध्न लगाइनुपथ्र्यो ।

    नेताहरुलाई लागेको विषयमा स्पष्टिकरण सोध्नुपथ्र्यो । त्यति पनि नभ्याइएको भए आन्तरिक रुपमा सर्कुलर गरेर यिनका बारेमा यस्तो निर्णय भएको छ भनेर पार्टीको आन्तरिक रुपमा गर्नु सायद परिपक्व हुन्थ्यो होला ।

    यसैबीच सङ्गठनका सिनियर नेताहरुलाई अनावश्यक कारवाहीको डण्डा बर्साएको भन्दै क्रान्तिकारी पत्रकार सङ्गठन नेपालका ४८ मध्ये ३९ केन्द्रीय सदस्यहरुले शशक्त बिरोध जनाएक छन् । उनीहरुले पार्टीले गलत निर्णय गरेको भन्दै सच्याउन माग गरेका छन् ।

    हेर्नुहोस् विज्ञप्ति

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ