• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

News Portal

  • आज :

मुख्य समाचार राजनीति

कालिकोटबाट सुरु भयो जनप्रतिनिधिको राजीनामा, गाउँपालिका अध्यक्षको ब्रम्हलुट रोक्न चाले यस्तो कदम

37.3K
SHARES



कालिकोट ।

नेपाल कम्युनिष्ट पार्टीको आधार इलाका मानिएको कालिकोटबाट जनप्रतिनिधिको राजनीमा सुरु भएको छ । गाउँपालिका अध्यक्षले मनपरी गरेको भन्दै कालिकोटमा दुई वडा अध्यक्षले पदबाट राजीनामा दिएका छन् ।

जिल्लाको नरहरीनाथ गाउँपालिका ६ का वडा अध्यक्ष तुलाराज विक र वडा नम्बर–७ का अध्यक्ष दलबहादुर विकले राजीनामा दिएका हुन् । उनीहरु दुवै २०७४ वैशाख ३१ गते सम्पन्न स्थानीय निर्वाचनबाट अध्यक्ष निर्वाचित भएका थिए ।

उनीहरुले गाउँपालिका अध्यक्ष धीरबहादुर विष्टले गाउँपालिकाका ब्रम्हलुट गरेकाले आफूहरुले पद छाडेको दाबी गरेका छन् । यद्यपि उनीहरु नेत्रविक्रम चन्द विप्लव नेतृवको नेकपामा प्रवेश गर्ने तयारीमा रहेको स्रोतले जनायो । नेकपाको जनअदालतमा मुद्दा दर्ता गराएर ब्रम्हलुट मच्चाउने गाउँपालिका अध्यक्षलाई कारवाही गर्ने उनीहरुको तयारी छ ।

विष्टले भने वडाअध्यक्षद्वयको राजीनामा आफूले प्राप्त नगरेको टिप्पणी गरे । आफू गाउँमै रहेको तर, विकद्वयले सदरमुकामस्थित गाउँपालिकाको सम्पर्क कार्यालयमा राजीनामा छाडेको सुनेको उल्लेख गरे ।

२०७५ भदौ २४ मा प्रकाशित । फाइल तस्वीर: गुगलबाट

प्रतिक्रिया

आजको ट्रेन्डिङ