• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    गोरखाबाट पूर्वराजाले भने- देशमा शान्ति चाहिएको छ, कसैले कसैको पनि कुभलो नचिताओस्

    2K
    SHARES



    काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले अहिले देशमा शान्ति चाहिएको भन्दै कसैले कसैको पनि कुभलो चिताउन नहुने बताएका छन् ।

    शनिबार गोरखा पुगेका शाहले गोरखकाली मन्दिरमा पूजाअर्चना गरेपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै देशमा स्थिरता र आपसी सद्भाव आवश्यक रहेको बताए।

    ‘अहिले देशमा शान्ति चाहिएको छ । कसैले कसैको पनि कुभलो नचिताओस् । भलो चिताओस् । केही खराब नचिताओस् भन्ने मेरो कामना छ,’ पूर्वराजा शाहले भने ।

    गोरखा आउन पाउँदा आफूलाई विशेष अनुभूति भएको बताउँदै उनले भने, “यो मेरो जन्मथलो होइन, तर पुर्खाको थलो हो। यहाँ आउन पाउँदा मन प्रफुल्ल भएको छ।”

    उनले देशमा कोही पनि केही गर्न डराउनुपर्ने अवस्था नरहेको उल्लेख गर्दै भने,-“शान्ति कायम रहोस्, सबै नेपाली सुखी र समृद्ध बनून् भन्ने मेरो शुभेच्छा छ।” पूर्वराजा शाह शनिबार बिहान गोरखा दरबारस्थित गोरखनाथ मन्दिर पुगेका थिए।

    मन्दिरका पूजारीहरूले उनलाई परम्परागत विधिअनुसार स्वागत गरेका थिए। उनले करिब २ घण्टा गोरखनाथ र गोरखकाली मन्दिरमा पूजा गरेका थिए।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ