• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    मुख्य समाचार राजनीति

    प्रकाण्ड गिरफ्तार गर्न आदेश दिने गृहमन्त्री बादललाई धनगढीबाट आयो यस्तो चेतावनी

    57K
    SHARES



    कैलाली ।

    नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता प्रकाण्ड लगायतका नेता कार्यकर्ता हरूको गिरफ्तारीबिरुद्ध कैलालीमा प्रदर्शन भएको छ । नेकपा कैलालीले प्रवक्ता प्रकाण्डसहितका नेताहरुको गैरन्यायिक गिरफ्तारीबिरुद्ध शुक्रबार जिल्लाका विभिन्न ठाउँमा कोणसभा गरेको छ।

    यसैबीच कैलालीको अत्तरियामा आयोजित कोणसभालाई जिल्ला सचिवालय सदस्य विनोद बिष्ट,विशाल भट्ट लगायतका नेताहरुले सम्बोधन गरेका थिए। कोणसभालाई सम्बोधन गर्दै नेताहरुले सरकारले शान्तिपूर्ण रूपमा सभा सम्मेलन गर्न पाउने संवैधानिक हकलाई समेत प्रतिबन्ध लगाउन खोजेर फासिवादी चरित्र उदाङ्गो पारेको बताए।

    बिना कारण गिरफ्तार गरिएका पार्टी प्रवक्ता प्रकाण्ड लगायतका नेता कार्यकर्ता हरुलाई बिना शर्त रिहाइको माग गर्दै तत्कालमाग पुरा नभए सशक्त प्रतिवाद गर्न समेत आफ्नो पार्टी तयार रहेको बताएका छन् ।

    कैलालीको धनगढी, टिकापुर र कंचनपुरमा समेत प्रकाण्डसहितका नेताहरुको रिहाइको माग गर्दै प्रदर्शन भएको छ । आफ्ना नेता कार्यकर्ता रिहाईको लागि चरणबद्ध संघर्षका कार्यक्रम घोषणा गरेको उक्त पार्टीले श्रावण २९गते नेपाल बन्दको आयोजना गरेको छ ।

    पार्टी कामको सिलसिलामा हिडिरहेका बेला मंगलबार साँझ प्रकाण्डसहित ३ जनालाई प्रहरीले चोभारबाट अपहरण शैलीमा गिरफ्तार गरेको थियो । उनलाई बुधबार अदालत पेश गरेर अनुसन्धानका लागि भन्दै ५ दिन म्याद थपी प्रहरीले हिरासतमा राखेको छ ।

    प्रकाण्डलाई गैरन्यायिक तरिकाले गिरफ्तार गरेको भन्दै सत्तारुढ दलका नेताहरुले समेत सरकारको आलोचना गरेका छन् भने चौतर्फी विरोध समेत भइरहेको छ ।

    २०७५ साउन २५ मा प्रकाशित ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ