• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    मुख्य समाचार राजनीति

    नेकपा नेता कार्यकर्तामाथि ब्यापक धरपकड, प्रकाण्डपछि गिरफ्तार परे नेता कुमाल

    27.1K
    SHARES



    गोरखा ।

    नेपाल कम्युनिष्ट पार्टीका नेता कार्यकर्तामाथि प्रहरीले ब्यापक धरपकड बढाएको छ । मंगलबार साझ पार्टीका स्थायी समिति सदस्य तथा प्रवक्ता प्रकाण्डलाई पक्राउ गरेको प्रहरीले बिहिबार गाेरखा जिल्ला इन्चार्ज योगेन्द्र कुमाललाई गिरफ्तार गरेको छ।

    कुमाललाई गोरखा नपरपालिका-१२ दश किलोस्थित उनकै निवासबाट बिहीबार दिउसो पौने १ बजे गिरफ्तार गरेको हो । उनलाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको जिप्रका गाेरखाले जनाएकाे छ।

    एक महिना अगाडी प्रहरीले पार्टीका ३ जना पोलिटब्युरो सदस्य भरत बम, पदम राई र ओम पुनलाई गिरफ्तार गरेको थियो भने उनीहरु मध्ये बम रिहा भएका छन् भने राई र पुन अझै हिरासतमा छन् ।

    त्यस्तै अघिल्लो हप्ता मात्र पार्टीका दुई जना पोलिटब्युरो सदस्य मोहन कार्की र कृष्ण धमलालाई प्रहरीले काठमाडौँबाट गिरफ्तार गरी जिल्ला प्रहरी कार्यालय काभ्रे लिएर हिरासतमा राखेको छ ।

    यस्तै सोमबार पार्टीका केन्द्रीय सदस्य आजाद खत्रीलाई भक्तपुरस्थित उनकै कोठाबाट गिरफ्तार गरेको थियो भने त्यसको भोलिपल्ट मंगलबार पार्टी प्रबक्ता प्रकाण्ड र बिहिबार कुमाललाई गिरफ्तार गरेको हो ।

    ओली-प्रचण्ड नेतृत्वमा रहेको सरकारले राजनीति गरेवापत र फरक विचार राखेवापत आफ्ना नेता कार्यकर्तालाई गिरफ्तार गरी झुट्टा मुद्दा लगाएर हिरासतमा राखेको भन्दै पार्टी महासचिव विप्लवले प्रेस विज्ञप्ति जारी गर्दै संघर्षका कार्यक्रम समेत घोषणा गरेका छन् ।

    जसअनुसार साउन २५ गते देशव्यापी कोणसभा, २६ गते विरोधसभा, २७ गते भण्डाफोर, २८ गते मशालजुलुस र २९ गते नेपाल बन्द छ । प्रवक्ता प्रकाण्डसहितका नेता कार्यकर्तालाई प्रहरीले गिरफ्तार गरेर हिरासतमा राखेपछि पार्टी संघर्षमा जाने भएको हो ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ